अहिलेनै उम्मेदवारी घोषणा नगरौं, संस्थामा विभाजन ल्याउछ : डा. हेमराज शर्मा, उपाध्यक्ष एनआरएनए

अहिलेनै उम्मेदवारी घोषणा नगरौं, संस्थामा विभाजन ल्याउछ : डा. हेमराज शर्मा, उपाध्यक्ष एनआरएनए
www.europenepalikhabar.com २०७९ पुष २६ गते मंगलबार, 10-01-2023


युरोप । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेम राज शर्माले संस्थामा तीनवटा अध्यक्ष बन्ने परिघटनाले आफुलाई सदस्यहरुसंग जान समेत नैतिक साहस नभएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ यूकेले आइतवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा शर्माले गत १० औं महाधिवेशनमा भएको परिघटनाप्रति आत्मआलोचित हुदैं संसारभरका नेपाली समक्ष क्षमायाचना गरेका हुन् ।

डा शर्माले भने ‘गत महाधिवेशनमा जुन परिस्थिति बन्यो र तीनवटा अध्यक्ष बनाउने परिस्थिति निमार्ण भयो त्यसको नैतिक शाहस लिएर एनआरएनए सदस्यहरुसंग समक्ष जान सकिएन् । जुनसुकै कारणले त्यस्तो परिस्थिति सृजना भए पनि संस्थाले क्षमायाचना गर्नु पर्ने थियो त्यो भएन् तर जे जस्ता असुविधा भए संसार भरिका नेपाली समक्ष म क्षमा माग्न चाहन्छु ।’ उनले ‘नेता र नीति परिवर्तन नभएसम्म संस्थामा सुधार नआउने बताए ।’ डा शर्माले ‘संस्थाले बोकेका अभियान भने सबैका लागि लाभदायक भएको बताए ।’

डा. शर्मा संस्थाको निर्वाचन आउन करिब १ वर्षअघिनै उम्मेदवारी घोषणा गर्दा एनसीसीहरुमा विभाजन ल्याउने बताए । डा. शर्माले १० औं महाधिवेशनमा संस्थाका मुख्य पदाधिकारीहरुनै समय अगावै उम्मेदवार बन्दै हिडे पछि एनसीसीहरुमा विभाजन शुरु भएको दावी गरे । उनले कम्तिमा एनसीसीको निर्वाचन सम्पन्न हुने समय सम्म उत्ताउलो भएर उम्मेदवारी घोषणा नगर्न आग्रह गरे ।

सुनिलबाबु खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खड्कालाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष आचार्यले एनआरएनए यूकेमा केही उतारचढाव भएपनि झुटको खेती बढी हुन थालेको बताए । छातीमा हात राखेर सोच्न आग्रह गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघ बेलायतको इतिहासमा सर्वोत्कृष्ट कार्यसमिति मेरो रहेको दावीका साथी भन्छु । म कहिल्यै कोषाध्यक्ष र महासचिव भइन । जहिले लिदिंग रोलमा मैले गैर आवासीय नेपालीका मुद्दामा बढी फोकस गरेको छु । तर यहां अनावश्यक हल्ला फैलाइयो ।’

विशेष अतिथी बाग्मती प्रदेश सरकारका भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले नेपालमा ज्यादै कममात्र नेता राष्ट्रप्रति बफादार भएको उल्लेख गर्दै प्रदेश सरकारलाई कम अधिकार दिइएको गुनासो गरे ।

एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले सबैलाई आफ्नो काबुमा संस्था हुनुपर्छ भन्ने मान्यताले एनआरएनएमा समस्या आएको बताए ।

उनले निष्पक्ष निर्वाचन गराउने मुल जिम्मेवारी सुनिल खड्कामाथि रहेको पनि उल्लेख गरे । खड्काको कमिटी नै वैधानिक भएको जोड दिंदै सिम्खडाले मतभिन्नता रहेका सबैलाई एकै ठाउंमा ल्याउन पनि सुझाव दिए । एनआरएनए यूकेको साख खस्कनुको कारण अब निर्मम समीक्षा गर्ने बेला आएको पनि वक्ताहरुले धारणा राखे ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष सुनिलबाबु खड्काले एनआरएनए आइसीसी संस्थापक सचिव चिरन्जिवी ढकाललाई विशेष सम्मान प्रदान गरे । त्यसैगरि, आइसीसीमा प्रतिनिधित्व गर्ने सदस्यहरु, नवनिर्वाचित तमुधिं यूके अध्यक्ष हरि गुरुङ लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिलाई आइसीसी उपाध्यक्ष डा। हेमराज शर्मा, यूके अध्यक्ष खड्का लगायतले सम्मान गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित