टर्कीका भूकम्प पीडितका लागि एनआरएनए सहित अन्य अभियान्ताद्वारा ९ हजार डलर सहयोग

टर्कीका भूकम्प पीडितका लागि एनआरएनए सहित अन्य अभियान्ताद्वारा ९ हजार डलर सहयोग
www.europenepalikhabar.com २०७९ फागुन २८ गते आइतबार, 12-03-2023

  

पोर्चुगल। टर्कीमा गएको विनासकारी भूकम्पका पीडितका लागि एनसीसी टर्कीले गरिरहेको सामाजिक कार्यमा ऐक्यबद्धता र समर्थन जनाउँदै गैरआवासीय नेपाली संघले आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष फणिन्द्र पन्तका अनुसार संघको पदाधिकारी बैठकको निर्णय अनुरुप संघको तर्फबाट ५ हजार सहयोग गरिएको हो । संघले आइतवार एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई सो रकम हस्तान्तरण गरेको हो । यस्तै संघका अभियान्ताहरुबाट संकलित छुट्टै ४ हजार डलर पनि आइतवारनै हस्तान्तरण गरिएको छ ।

संघले आइतवार आयोजित अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ४ हजार १ सय १९ डलर १९ सेन्ट आर्थिक सहयोग हस्तान्तर गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको महिला विभागद्धारा आयोजित ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमकाबीच सो रकम हस्तान्तरण गरिएको हो ।

संघले एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई उपसभामुख इन्दिरा रानामार्फत सो रकम हस्तान्तरण गरिएको हो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित