CROWD 1 कोअवैध धन्दामा संलग्न जो होस कानूनी दायरामा ल्याईन्छ : प्र उ चौधरी

CROWD 1 कोअवैध धन्दामा संलग्न जो होस कानूनी दायरामा ल्याईन्छ : प्र उ चौधरी
युरोपनेपाली खबर २०७७ साउन २१


रामप्रसाद घिमिरे, बागलुङ । बुर्तिवाङलाई केन्द्रविन्दु बनाएर CROWD 1 नामको अबैध नेटवर्किङ व्यवसाय सन्चालन गर्दै आएका मध्यका डा. बालकुमार सुब्बालाई बुर्तिवाङबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरुगरे लगत्तै थातथलो छोडेर भागेहरु अहिले प्रहरी समक्ष आएर हामीलाई डा. सुब्बाले फसाएको बतार्ई रहेको खुलेको छ । पछिल्लो विकसित परिस्थिति अनुसार सिंगो सुब्बालाई मात्र दोषि देखाएर यस अवैध ठगी धन्दामा सक्रियरुपमा संलग्न रहेका बुर्तिवाङ र बडीगाडका नाईकेहरु उम्किने चलखेलमा लागेको स्थानीयको आशंका छ ।

यस ठगी धन्दामा डा. सुब्बाका निकटतम सहयोगीहरु को को हुन ? भन्ने सम्वन्धमा प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले निज डा. सुब्बाको मोबाईल फोन नियन्त्रणमा लिएर नेटवर्किङमा आवद्ध भएकाहरुको जीमेल आईडी लगायत सम्पूर्ण जानकारी प्राप्त गरेको प्रहरी श्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले ‘कानून बिपरीतको यो अवैध धन्दामा संलग्न जो सुकै भएपनि कानूनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । सोझा साझा जनतालाई झुक्याएर प्रलोभनमा पारिएको यो धन्दा पुर्णरुपमा अबैध हो, यसमा संलग्न दोषिलाई हामी कानुन अनुसार कारबाहीको दायरामा ल्याउन कुनैपनि कसर बाँकी राख्दैनौ’ प्रहरी उपरीक्षक चौधरिले भने । कोरोनाको यस्तो महामारिको समयमा जनता ठग्नु जघन्य अपराध भएको उनको भनाई छ ।

यस अबैध नेटवर्किङ ठगी धन्दाका बारेमा अपराध अनुसन्धान प्रहरी ब्यूरो (सीआईबी) र साईबर क्राईम अनुसन्धान ब्यूरोले पनि अनुसन्धान सुरु गरेको बताईएको छ ।

यस अवैध ठगी धन्दामा मेडिकल सन्चालक, शिक्षक, जनप्रतिनिधी, राजनीतिक व्यक्ति, पत्रकार देखी सहकारी सन्चालक, बित्तिय संस्थाका कर्मचारी, विभिन्न ईन्सुरेन्स कम्पनिका प्रतिनिधी, स्वास्थ्यकर्मी, व्यवसायी, युवा युवती, सर्वसाधारण गरी पाँच सयको आसपासमा रहेको बुझिएको छ । बडीगाड गाउपालिकामा मात्रै ३ सय जना यस नेटवर्किङमा जोडिएको हुन सक्ने अनुमान गरिएको छ जबकि बुर्तिवाङ क्षेत्रमा २ सय जना भन्दा बढी रहेका छन् । यस अवैध नेटवर्किङ कारोवारमा रु १ करोड को अवैध कारोबार भैसकेको अनुमान गरिएको छ ।

बुर्तिवाङ बजारको हिमाली मेडिकलमा कार्यरत डा सुब्बा बडीगाड गाउपालिकाको खर्वाङ स्थित बुटवल फार्मेसी, हाँडीखोला स्थित सिसाखानी मेडिकल, खारबजार स्थित विन्दवासिनी मेडिकल र भिङगिठेको हाईब्रे मेडिकल गरी पाँच मेडिकल हलहरु तथा गुल्मी वामी टक्सारको मनकामना मेडिकलहरुमा काम गर्दै आएको स्थानीयले बताएका छन् । उनी करीब पाँच वर्ष देखी यस क्षेत्रमा आएर काम गरिरहेको र पछिल्लो २ महिना देखी डाक्टरी पेशालाई भन्दा नेटवर्किङ व्यवसायप्रति बिशेष सक्रिय रहँदै आएको उनिहरुले बताए ।

यस नेटवर्किङको जालोमा परेकाहरुका अनुसार बुर्तिवाङ स्थित धौलागिरी रेष्टुरेण्ट, कृष्ण दुध डेरी र जिम्माल चौतारी रेष्टुरेण्टमा गोप्यरुपमा CROWD 1 सम्वन्धी तालीम दिईने गरेको पनि खुलासा गरेका छन् ।

यस ठगी धन्दामा संलग्न हुनेहरुका अनुसार यसको सदस्य बन्ने व्यक्तिले रु १३ हजार ५०० (९९ युरो) बुझाउनु पर्छ । उसले ४ जना सदस्यहरु बनाए पछी उसले दिएको रकम फिर्ता पाउछ र उसले सदस्य बनाएकाहरुबाट जति सदस्यहरु थपिन्छन बोनस पाउदै गर्छ । अर्थात एक पटक रु १३ हजार ५ सय बुझाएर ४ जना सदस्य बनाए बसीबसी कमिशन पाईरहने प्रलोभनमा परी सयौँ सिधासाधा मानिसहरु यस जालोमा फसाएर ठगी गर्ने काम हुन्छ । यस धन्दाले केहि दिनमै धनी बनाउने सपना बाँडछ ।

यो नेटवर्क कम्पनी मल्टी लेभल मार्केटिङ कम्पनि हो । यसले आफ्ना ग्राहकहरुलाई शेयर बिक्री गर्छ जस्लाई युरो ९९ (रु १३५००।) रुपयाँमा पहिलो योजना किन्नु पर्छ । यो कम्पनि स्पेनको हो । यसको कारोबार युरो मा हुन्छ । यसका चार व्हाईट, ब्लाक, गोल्ड र टिटेनियम ४ स्किम (प्लान) छन् । यस सम्वन्धमा थप जानकारीका लागी गुगल सर्च गरेर हेरौँ ।

झापा जिल्लाको दमक नगरपालिका घर भएका डा. सुब्बाले Dnipropetrovsk Medical Academy, Ukraine बाट एमवीवीएस गरेको बताएका छन् । उनको योग्यताको प्रमाणिकताका सम्वन्धमा पनि प्रहरीले छानविन गरिरहेको बुझिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित