कोरोनाका कारण मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले खुम्चियो

कोरोनाका कारण मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले खुम्चियो
युनेख - ENKhabar 14-08-2020


क्वालालम्पुर ।नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले खुम्चिएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यति ठूलो संकुचन आएको यो पहिलो पटक हो ।

मलेसियाको केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा अप्रिल–जुन महिनाको अवधिमा खुद वार्षिक वृद्धिदरमा १६.५ प्रतिशतले कमी आएको उल्लेख छ । वर्षको पहिलो त्रैमासिक अवधिमा मलेसियाको अर्थतन्त्रको संकुचन २ प्रतिशत थियो ।

कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द, यात्रा प्रतिबन्ध तथा अन्य व्यवस्थाले अर्थतन्त्रमा गहिरो असर परेको बैंकको भनाई छ ।

तर बैंकले मे महिनामा महामारीसँग सम्बन्धित कतिपय प्रतिबन्धहरु हटाइएपछि निर्यात, औद्योगिक उत्पादन र उपभोग्य खर्चमा उल्लेख्य सुधार आएको जनाएको छ ।

राष्ट्रबैंकले वर्षभर समग्र अर्थतन्त्र ३.५ देखि ५.५ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ । मलेसियाको अर्थतन्त्र आगामी सन् २०२१ मा ५.५ देखि ८ प्रतिशतका दरले वृद्धि हुने बैंकको भनाई छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित