शेष घलेको अधिवेशनका लागि सदस्यता भर्नेको सहभागिता निराशाजनक, विश्वभरिबाट १८ हजार ४३ जना मात्र सदस्य बने (देश अनुसार सुचीसहित)

शेष घलेको अधिवेशनका लागि सदस्यता भर्नेको सहभागिता निराशाजनक, विश्वभरिबाट १८ हजार ४३ जना मात्र सदस्य बने (देश अनुसार सुचीसहित)
www.europenepalikhabar.com २०८१ चैत २५ गते सोमबार, 07-04-2025

युरोपनेपाली खबर ।

 गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजना गर्न लागिएको अधिवेशनका लागि विश्वभरिबाट १८ हजार ४३ जना मात्र साधारण सदस्य बनेका छन् । आज अप्रिल ७ को मध्यरातबाट सदस्यता बाढ्ने अभियान बन्द भएको छ ।

नि:शुल्क हुँदा पनि सदस्य बन्ने संख्या निराशाजनक भएपछि घले अधिवेशनको उत्साह अत्यन्त कमजोर बनेको छ । उच्चस्तरीय समितिमा रहेका घलेले पटक–पटक मिति सार्दै सदस्यता फारम खुला गरे पनि अन्तिम दिन सोमबारसम्म जम्मा १८ हजार जनाले मात्र फारम भरेका छन् ।

३५ देशमा सदस्य बन्नेको संख्या १० जना भन्दा कम रहेको छ । यसैबीच, उच्चस्तरीय समितिकी सदस्यसचिव जनकी गुरुङले आइतबार एक अनलाइन अन्तरवार्तामा करिब २०० जनाले केन्द्रीय प्रतिनिधिका रूपमा चासो देखाएको जानकारी दिएकी थिइन् ।

संस्थापकहरू, वर्तमान कार्यसमिति, विश्वभर छरिएका ९० देशका राष्ट्रिय समिति र परराष्ट्र मन्त्रालयको सुझावलाई अवमूल्यन गर्दै घलेले आगामी मे ३ मा एनआरएनए नै  विभाजित हुने स्थितिमा पनि आफ्नो समूहको महाधिवेशन गर्ने तयारी गरेपछि उनले गरेको आह्वानलाई अस्वीकार गर्दै गैरआवासीय नेपालीहरुले साथ नदिएका हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित