पोर्चुगलको 'गुफा’ले बृद्धाश्रम र अनाथालयको सहयोगका लागि रकम छुट्याउने

पोर्चुगलको 'गुफा’ले  बृद्धाश्रम र अनाथालयको सहयोगका लागि रकम छुट्याउने
युरोपनेपाली खबर २०७७ भदौ ३, 19-08-2020


युरोप, पोर्चुगल ।  पोर्चुगलमा रहेर ‘मनि ट्रान्सफर’, टिकट तथा विभिन्न कागजी काम गर्दै आइरहेको ‘गुफा बाई लियो’ ले कारोबारबाट आएको केही रकम समाजसेवा का लागि छुट्याउने भएको छ । ‘गुफा छ नि सहयोग गर्नी, दुनियाँ ठाउँ किन चहार्नी’ भन्ने भावनाका साथ  ‘गुफा’ ले नेपालमा रहेका बृद्धाश्रम र पोर्चुगलस्थित अनाथहरुको क्षेत्रमा यस्तो सहयोग गर्ने भएको हो ।

‘गुफा’ का संचालक प्रकाश ढकालका अनुसार सुरुमा ‘मनि ट्रान्सफर’ को प्रत्येक कारोबारबाट ५० सेन्टको दरले रकम संकलन गरिनेछ । ‘यही अगष्ट २० तारिख मेरो जन्मदिनको अवसर पारी नयाँ कार्यक्रम सार्वजनिक गरेको हुँ ।’ उनले भने, ‘कुनै ठूलो कार्य पनि होइन्, मेरै व्यवसायबाट आएको केही प्रतिशत रकम नेपालको बृद्धाश्रम र पोर्चुगलको अनाथ गृहहरुलाई उपलब्ध गराउने योजना हो ।’

‘हामीले सुरुमा ‘मनि ट्रान्सफर’ गर्दा एउटा कारोबारबाट ५० सेन्ट जम्मा गर्ने, आगामी दशैंदेखि हवाई टिकटबाट एक युरो र प्रत्येक कागजी कामकाजबाट ५० सेन्ट जम्मा गरिनेछ ।’ संचालक ढकाल भन्छन्, ‘जम्मा भएको सबै रकम ‘गुफा’ ले नेपाल र पोर्चुगलको सामाजिक कार्यमा खर्च गर्नेछ ।’ 



शुरुमा ‘गुफा’ को कारोबारबाट रकम जम्मा गर्ने र पछि आफ्नै ‘लियो’ नामक रेष्टुरेन्टबाट पनि रकम संकलन गर्ने योजना रहेको संचालक ढकाल बताउँछन् । ‘रेष्टुेरेन्टको प्रत्येक टेबलको बिलबाट अभियानका लागि रकम संकलन गर्नेछौं ।’ ढकाल भन्छन्, ‘हामी नेपाल र पोर्चुगलमात्रै नभई समस्यामा परेका अन्य देशका नागरिकलाई पनि सहयोग गर्नेछौं ।’

नेपालमा दिनदुखीका क्षेत्रमा काम गर्ने निकायहरुको सहयोगमा संकलित रकम उपलब्ध गराइने एनआरएनए पोर्चुगलका सचिव समेत रहेका संचालक ढकालको भनाई छ । ‘हामीले एउटा समिति निर्माण गरेका छौं । त्यही अनुरुप कार्यक्रम अघि बढाउने योजना बनाएका छौं ।’ उनले भने, ‘यो मेरो पुरानै योजना भएपनि कार्यक्रम सुरु गरेका छौं, सबैको साथ र सहयोग आवश्यक छ ।’ 

अहिले केही महिना परीक्षणको रुपमा काम गर्ने र त्यसपछिको दिनमा अभियानलाई थप बलियो, भरपर्दोे र निरन्तरता दिन पोर्चुगलबासी नेपालीहरुले साथ आवश्यक हुने उनको भनाई छ । ज्ञातब्य छ, पोर्चुगलमा ‘गुफा बाई लियो’ ले लिएको यो अभियान ‘मनि ट्रान्सफर’ मध्ये पहिलो हो ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित