कोरोनाका कारण नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुम्ने

कोरोनाका कारण नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुम्ने
युनेख - ENKhabar २०७७ भदौ ५, 21-08-2020


कोभिड–१९ का कारण सन् २०२० मा नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुमाउने एक अध्ययनले देखाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमा कोभिड–१९ का कारण रोजगारीमा पर्ने प्रभावबारे  अन्तर्राष्ट्रिय श्रम सङ्गठन र एसियाली विकास बैङ्कले संयुक्त रूपमा गरेको अध्ययनमा उक्त अनुमान गरिएको हो । 

कृषि, खुद्रा व्यापार, होटल र रेस्टुरेन्ट, आन्तरिक यातायात, अन्य सेवा, निर्माण तथा कपडा तथा कपडाजन्य उत्पादन गरी सातवटा क्षेत्रमा गरेको अध्ययनमा सबैभन्दा बढी रोजगारी गुमाउन सक्नेमा कम्बोडिया (९०.६ प्रतिशत) र सबैभन्दा कम भियतनाम (५७.८ प्रतिशत) रहेका छन् । 

अध्ययन गरिएका देशमा बङ्गलादेश, कम्बोडिया, फिजी, भारत, इन्डोनेसिया, लाओस, मङ्गोलिया, नेपाल, पाकिस्तान, श्रीलङ्का, फिलिपिन्स, थाइल्यान्ड र भियतनाम रहेका छन् । 

दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी रोजगारी गुमाउनेमा पाकिस्तान (७७.४), भारत (७७.३ प्रतिशत), बङ्गलादेश (७५.९ प्रतिशत, नेपाल (७३.१ प्रतिशत) र श्रीलङ्का सबैभन्दा कम (६३.९ प्रतिशत) ले रोजगारी गुमाउने जनाइएको छ । 

प्रतिवेदन अनुसार क्षेत्रगत आधारमा नेपालले सबैभन्दा बढी निर्माण क्षेत्रमा (२१.७) प्रतिशत रोजगारी गुमाउनेछ । त्यसपछि खुद्रा व्यापारमा १३.५ प्रतिशत, होटल र रेस्टुरेन्टमा १२.८ प्रतिशत, कृषिमा १२.७ प्रतिशत, अन्य सेवामा ७.९ प्रतिशत र कपडा तथा कपडाजन्य उत्पादनमा ४.५ प्रतिशतले रोजगारी गुम्नेछ । आन्तरिक यातायातमा भने शून्य प्रतिशतले रोजगारी गुम्ने पनि प्रतिवेदनमा उल्लेख छ । 

सन् २०२० मा युवा बेरोजगारी दर अल्पकालमा ४.८ प्रतिशत र दीर्घकालीन ६.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । सन् २०१९ मा उक्त दर २.३ प्रतिशत रहेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित