बुखारेस्ट, रोमानिया | १ नोभेम्बर २०२६
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) रोमानियाको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम आइतबार, नोभेम्बर १, २०२६ मा बुखारेस्टस्थित माछापुच्छ्रे रेस्टुरेन्टमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनआरएनए आइसीसी अध्यक्ष डा. हेमराज शर्माको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए आइसीसीका महासचिव डा. चिरञ्जीवी खड्का, युरोप क्षेत्रीय संयोजक रोबोट लिम्बु, क्षेत्रीय उपसंयोजकहरू राजकुमार थापा, तीर्थ धमला, संघर्ष के.सी.,नृपेश गिरी र युरोप महिला संयोजक बाबाराजेश्वरी थापाको उपस्थिति रहेको थियो।
त्यसैगरी एनआरएनए आइसीसीका पूर्वसचिव भीमकमल के.सी. तथा एनआरएनए आइसीसी सदस्य सुरेन्द्र गौतमलगायत एनआरएनए अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा रोमानियामा रहेका नेपालीहरूको सहभागिता थियो।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले संस्थाको विधान, उद्देश्य र जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै शपथ ग्रहण गरेका थिए।
कार्यक्रममा रोमानियामा रहेका नेपाली श्रमिक तथा नेपाली समुदायको हकहित संरक्षण, संस्थागत एकता, संगठनात्मक सुदृढीकरण, आर्थिक पारदर्शिता र सामाजिक सेवाका विषयमा छलफल भएको थियो। सहभागीहरूले विदेशमा रहेका नेपालीबीच आपसी सहयोग, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष
१. गोमा देवी थापा मगर
वरिष्ठ उपाध्यक्ष
२. राजु लामा
उपाध्यक्षहरू
३. सागर क्षेत्री
४. सुरेन्द्र लामा
५. थमन गुरुङ
६. टेक्सुराम राई
महासचिव
७. गोविन्द सुब्बा
सचिवहरू
८. माधव घिमिरे
९. सरोज खनाल
१०. कृष्ण बहादुर बि.क.
११. मानबहादुर ब्लोन तामाङ
१२. रञ्जित तामाङ गोले
कोषाध्यक्ष
१३. राजु राना मगर
सहकोषाध्यक्ष
१४. शशी लामा
कार्यसमिति सदस्यहरू
१५. मनिष खत्री
१६. अनिल पाण्डे
१७. सन्तोष थापा मगर
१८. अम्बरबहादुर तामाङ
१९. गन्दीप मगर
२०. लिला देवी ढकाल
२१. ऋषिराम घिमिरे
२२. म्याक्स सिंह
२३. रोशन कुमार औरी
२४. रुद्रबहादुर थामी
२५. रमेश गिरि
नवनिर्वाचित कार्यसमितिले रोमानियामा रहेका नेपालीहरूको समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्ने, श्रमिकका हकहित संरक्षणका लागि पहल गर्ने तथा सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
संस्थालाई पारदर्शी, उत्तरदायी र सबै नेपालीको साझा संस्थाका रूपमा अघि बढाउँदै नेपाली समुदायबीच एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि जोड दिइएको थियो।
कार्यक्रममा उपस्थित अतिथि, एनआरएनए अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण नेपाली समुदायप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रमले रोमानियास्थित नेपाली समुदायको संस्थागत विकास, आपसी एकता र सामूहिक हितका लागि थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
FOUNDER/CHIEF EDITOR :