बामदेव बालुवाटारमा

बामदेव बालुवाटारमा
युरोपनेपाली खबर २०७८ असार १८ शुक्रबार, 02-07-2021

 

काठमाडौं, असार १८ । एमाले उपाध्यक्ष बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । उपाध्यक्ष गौतमका छोरा हरिश गौतमले सामाजिक सञ्जालमार्फत उहाँ बैठकमा सहभागी हुन बालुवाटार जानुभएको जानकारी दिनुभएको छ ।

नेकपा एमालेले आजको केन्द्रीय कमिटी बैठकमा एमालेका सवै नेताहरुलाई पदीय हैसियत तोकेरै निमन्त्रणा गरेको छ । सामुहिक एसएमएस मात्र गरेर बैठकमा निमन्त्रणा गर्ने गरिएको थियो ।

नेताहरुले आफूहरुलाई पठाएको एसएमएसमा पदीय हैसियत नखुलाएको भनेर असन्तुष्टी व्यक्त गरेपछि राती नौ बजे पत्र बनाएर पठाइएको छ । पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसार पार्टीका स्थायी समिती सदस्यसम्मलाई पदीय हैसियत खुलाएर पत्र पठाइएको छ । ‘ प्रधानमन्त्रीज्यूको निर्देशनपछि सबै पदाधिकारी र स्थायी समिती सदस्यलाई सम्बोधन गरेर इमेल,भाइबर र मेसेन्जरमा पत्र पठाएको छु,’ तामाङले भन्नुभयो ।

नेताहरुलाई पठाइएको पत्रमा नाम र पद उल्लेख गरिएको छ । कार्यसचिब तामाङले लेखेको पत्रको व्योहोरामा यस्तो लेखिएको छ : कमरेड,उपरोक्त सम्बन्धमा नेपाल कम्यूनिष्ट पार्टी९एमाले०को केन्द्रीय कमिटीको १३ औं बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको निर्देशनमा देहाय बमोजिम आयोजना गरिएकोले उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित