सुपर कम्प्युटरको भविष्यवाणी, विश्वकप फाइनलमा पोर्चुगल र अर्जेन्टिनाको भिडन्त, पेनाल्टी मार्फत निर्णय हुने

सुपर कम्प्युटरको भविष्यवाणी, विश्वकप फाइनलमा पोर्चुगल र अर्जेन्टिनाको भिडन्त, पेनाल्टी मार्फत निर्णय हुने
www.europenepalikhabar.com २०७९ कार्तिक २४ गते बिहीबार, 10-11-2022

युरोपनेपाली खबर ।

पोर्चुगल । फिफा विश्वकप सुरु हुन अब १० दिन मात्र बाँकी छ । खेलकुदप्रेमीका लागि ठूलो पर्व विश्वकप नजिकिँदै गर्दै धेरैले फरक-फरक विश्लेषण गरेका छन् ।

कतिपयले आफूले समर्थन गरेको टिमले जित्ने अपेक्षा गरेका छन् भने केही विभिन्न टिमको प्रदर्शनी हेरेर जित्ने वा नजित्ने अनुमान लगाइरहेका छन् । त्यस्तै थुप्रै अनलाइन माध्यमले पनि कुन टिमले विश्वकप जित्नसक्छ भन्दै भोटिङ पोल क्रियट गरिरहेका छन् ।

यसैबीच सुपरकम्प्युटरले १८ डिसेम्बरमा हुने फाइनल खेलको रोमाञ्चक भविष्यवाणी गरेको छ । बीसीए रिसर्चले सुपरकम्प्युटर प्रयोग गरी गरेको अनुसन्धानअनुसार फाइनलमा लियोनल मेस्सीको देश अर्जेन्टिनाले विश्वकप जित्नेछ । विभिन्न चरणहरू पार गर्दै फाइनलमा पुगेको पोर्चुगललाई पेनाल्टी गोलमार्फत हराएर अर्जेन्टिनाले जित्ने सुपरकम्प्युटरको दाबी छ ।

यसो त फुटबलमा मेस्सी र क्रिश्चियानाे रोनाल्डोको चर्चा सर्वाधिक बढी हुने गर्छ । यी टिमका खेल जुनसुकै देशसँग भएपनि अरबौँ फुटबल समर्थकले चासो राखिरहेका हुन्छन् । यसैबीच सुपरकम्प्युटरले गरेको यस भविष्यवाणीले विश्वकप थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

बीसीए रिसर्चमा प्रकाशित साे रिपोर्टमा भनिएको छ, ''धेरै चर्चापछि अन्ततः हामी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा हुने २०२२ फिफा विश्वकपको उपाधि पाउने निष्कर्षमा पुगेका छौं,'' ।

यो भविष्यवाणी सुपरकम्प्युटरले 'ईए स्पोर्ट्स फिफा २०२३' खेलका आधारमा खेलाडीको व्यक्तिगत विवरणलाई मुख्य आधार मानेर गरिएको विभिन्न रिपोर्टमा उल्लेख छ, जसमा पछिल्ला ४ वर्षको विश्वकपको १९२ समूह चरण र ६४ नकआउट चरणको समग्र तथ्याङ्कलाई पनि आधार मानिएको छ ।

यी सबै पक्षलाई आधार बनाएर सुपरकम्प्युटरले फिफा विश्वकप २०२२ अर्जेन्टिनाले जित्ने भविष्यवाणी गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित