एनआरएनए नवीकरण नगर्नुको कारण बारे १५ दिनभित्र जवाफ दिन परराष्ट्र मन्त्रालयलाई पाटन उच्च अदालतको आदेश

एनआरएनए नवीकरण नगर्नुको कारण बारे १५ दिनभित्र जवाफ दिन परराष्ट्र मन्त्रालयलाई पाटन उच्च अदालतको  आदेश
www.europenepalikhabar.com २०८० पुष २८ गते शनिबार, 13-01-2024


 पोर्चुगल । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको दर्ता नविकरण नगर्ने परराष्ट्र मन्त्रालयलाई १५ दिनको कारण देखाउ आदेश जारी गरेको छ ।

गैरआवासीय नेपाली संघको नविकरणलाई मन्त्रालयले आलटाल गरे पछि संघले पाटन उच्च अदालतको ढोका ढकढकाएको हो ।

पाटन उच्च अदालतका न्यायाधिश नारायण रेग्मीको एकल इजलासले परराष्ट्र मन्त्रालयलाई नविकरण नगर्नुको कारण पेश गर्न पौष १२ गते आदेश दिएको थियो ।

संघले गैरआवासीय नेपाली संघको नियमावली – २०६६ को नियम १२ बमोजिम संस्था नविकरण गर्न माग गरेको छ ।

यसअघि गैरआवासीय नेपाली संघले नियमावली बमोजिम आवश्यक कागजात सहित नविकरण शुल्क बुझाएको थियो तर परराष्ट्र मन्त्री एनपी साउदले गत अक्टोवरमा सम्पन्न संघको निर्वाचनमा आफ्ना पक्षका उम्मेदवारले चुनावमा हारेपछि राजनीतिक प्रतिशोध राखेर नविकरण रोकेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित