सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री शाही र एनआरएनए अध्यक्ष डा. बद्री केसी बीच लगानीबारे छलफल

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री शाही र एनआरएनए अध्यक्ष डा. बद्री केसी बीच लगानीबारे छलफल
www.europenepalikhabar.com २०८० माघ १६ गते मंगलबार, 30-01-2024


पोर्चुगल। गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो ।

मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो । उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित