युएनडिओ दर्ता भएसंगै शेष घलेको समुह तीन टुक्रामा विभाजित

युएनडिओ दर्ता भएसंगै शेष घलेको समुह तीन टुक्रामा विभाजित
www.europenepalikhabar.com २०८० माघ १७ गते बुधबार, 31-01-2024

 

युरोप । परराष्ट्र मन्त्रालयले युनाइटेडअ नेपाली डायस्पोरा संगठन (युएनडिओ) संस्था गर्दा गरे संगै अष्ट्रेलियन धनाढ्य शेष घलेको समुह तीन चिरामा विभाजित भएको छ । 

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष समेत रहेका घलेको सकृयतामा दक्षिण कोरियाका व्यापारी विनोद कुँवरले ग्लोवल एनआरएनए सकृय रहेकै अवस्थामा घले समूहका अर्का नेता सोनाम लामाले युएनडिओ दर्ता गरेका हुन् ।

लामाले विनोद कुँवरको अध्यक्षतामा रहेको एनआरएनए सँग आफ्नो कुनै सरोकार नरहेको बताएका छन् । "उहाँहरूको छुट्टै हो, उहाँहरूले एउटै लोगो चलाएको छ झगडा गरिरहेको छ, त्यस्तो झगडा नगरौँ भनेर हामी यता आएका हौ।" 

लामा समूहमा सात जनाको कार्यकारी बोर्ड सहित ८२ जनाको कार्यसमिति रहेको बताइएको छ । युएनडिओमा घले समूहको अस्ट्रेलियाका रज्जु थापा र इर्साद अहमत, बेलायतका डम्बर घले, जर्मनीका दीपेश खत्री रहेका छन् । उता विनोद कुँवर समूहमा महासचिवको रुपमा जानकी गुरुङ सकृय छन् । यसअघि उनी घले समूहमा थिइन् । 

यस्तै, यसअघि घले समूहमा सकृय रहेका बेलायतका बंशजको नागरिकता बचाउ अन्तराष्ट्रिय अभियानको संयोजक घोषणा गरेर अघि बढेका छन् ।  संघको दुई कार्यकालको नेतृत्व गरेका घलेले संस्थामा आफ्नो अनुकूलको नेतृत्व ल्याउन विफल भएपछि उनले संघको १० औं महाधिवेशनमा होटल याक एण्ड यतिमा एक भेलाको आयोजना गरेर संघबाट एउटा सानो चोइटो लिएर छुट्टै समिति गठन गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित