प्रधानमन्त्रीलाई एनआरएनए सम्बन्धको छानबिन प्रभावित बनाउन बालुवाटार पुगेर उकास्ने को हुन् ?

प्रधानमन्त्रीलाई  एनआरएनए सम्बन्धको छानबिन प्रभावित बनाउन बालुवाटार पुगेर उकास्ने को हुन् ?
www.europenepalikhabar.com २०८० फागुन ११ गते शुक्रबार, 23-02-2024


सम्मानीय प्रधानमन्त्रीज्यू,

तपाईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोबरमा भएको निर्वाचन छानबिन गर्न एक समिति गठन गरेको छ र समितिले अहिले द्रुत गतिमा काम गरि रहेको छ । निर्वाचित समितिले नागरिकता, ब्रिटिस गोर्खा, वैदेशिक रोजगार लगायतका समस्यालाई लिएर तपाईलाई भेट्न खोज्दा ‘अहिले बिवाद छ नभेटौ’ भनेर तर्किनु भयो, हामीले चित्त बुझायौ । तर आज तपाईले छानबिनको दायरा भित्र रहेका व्यक्तिहरु र झगडिया टिमलाई  आज भेट्नु भएछ ।  यो कहाँ सम्मको न्याय हो? यसले छानबिनलाई असर गर्छ कि गर्दैन ? तपाईको नजरमा विवादित भनिएको निर्वाचन बनाउने तत्कालिन एक जना अध्यक्षलाई दायाँ र निर्वाचित समितिले उपविजेता ठानेकालाई दायाँ राखेर खिचेको फोटो देख्दा छानबिनको रिपोर्ट लेख्ने कर्मचारीको हात काम्छ कि काम्दैन?  हुन त छानबिन समिति निर्वाचित समितिलाई भङ्ग गर्ने ग्राण्ड डिजाइनका साथ गठन भएको हामीलाई शंका छैन तर पनि लोकको लाज पचाउने गरी काम गरि दिए हुन्थ्यो भन्ने हाम्रो कामना हो । 

ललिता निवासमा भएको एनआरएनए भवन जोगाउन बालुवाटार धाउने मित्रहरु,

परराष्ट्र मन्त्रालयमा दर्ता भएकै कारणले सत्तारुढ दलका केही नेताहरुले एनआरएनएमा हस्तक्षेप गरेर तहस नहस पारि सके । सरकारको कृपामा हाम्रो  कार्यालय चलाउने हो भने एनआरएनलाई बालुवाटारमा जुन दल बस्छ त्यही दलको भातृ संस्था बन्ने निश्चित छ । देश बनाउने हुङ्कार गर्ने हामीहरुले कार्यालय चलाउन सरकारसँग भिख माग्दै हिँड्छ सुहाउँछ ? हिक्मत छ भने हामीलाई फसाउने दलालहरूबाट पैसा असुल गरौ (जुन संभव छ), नयाँ भवन निर्माण गरौ, केही साथीहरुले सुझाव दिए जस्तै अहिलेको भवनलाई मध्यपूर्व मलेसियाबाट रातो बाकसमा फर्किनेहरूको संझना संग्रालय बनाउँ । हजारौ गैरआवासीय नेपालीहरुको पसिनाबाट बनेको भवनको आडमा सरकार मार्फत एनआरएनएमा आफ्नो स्वार्थ पूर्ती गर्न नलागौं । संस्था रहे यस्ता भवन बनाउदै जाउला, संस्था नै नरहे भवनले गर्ने के हो मित्रहरु ? गुलामी होईन आफ्नो खुट्टामा बाच्न सिकौँ । 

नेपाली काग्रेसका र माओवादीका साथीहरु प्रति मेरो सम्मान छ । मेरो निसाना दलको नाम भजाएर एनआरएनएमा आफ्नो स्वार्थपूर्ति गर्ने साथीहरु प्रति मात्र हो ।

डा. हेमराज शर्मा 

उपाध्यक्ष 

गैरआवासीय नेपाली संघ(एनआरएनए)

(छानबिन प्रभावित बनाउन उकास्न पुग्ने निर्वाचनमा पराजित समुहका व्यक्तिहरु : कुल आचार्य, रामकुमार शर्मा (आरके) , बुद्धि सुवेदी , गंगाधर गौतम , नरेन्द्र भाट, शनिकुमार ओली, डिबि क्षेत्री, खगेन्द्र न्यौपाने, कृष्ण गिरी, चिन्तामनि सापकोटा, पूर्ण तिमल्सिना, भुवानी तिमल्सिना,युवराज गुरुङ, शालिक गौतम लगायत रहेका थिए)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित