युरोपनेपाली खबर, युरोप । नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्धन गर्न गर्न भन्दै लिथुनियाका नागरिक टोमस मिकालौकासको नाममा माल्टामा नक्कली नेपाल च्याम्बर अफ कमर्श गठनको गलत प्रचार भएकोमा माल्टामा रहेका नेपाली व्यबसायी र समुदायले आपत्ति जनाएका छन् ।
माल्टाको नेपाली समुदायलाई गुमराहमा राखेर गलत मनसायले चेम्बर गठन भएको प्रचार गरिएको छ । यस्तो गलत र शंकास्पद काममा नेपाली दूतावास लन्डन पनि मुछिनु आश्चर्यको विषय भएको छ ।
चेम्बर अफ कमर्सको अध्यक्षमा लिथुनियाका विवादस्पद मेनपावर व्यवसायी टोमस मिकालौकास चयन भएको प्रचार गरिएको छ । उनी नेपाल लगायत दक्षिण एसियामा नागरिकलाई माल्टामा विभिन्न छिद्र र बाटोहरु झिकाएर अन्य युरोपेली मुलुकमा पठाउने गरेको स्रोतले जनाएको छ ।
युरोपनेपाली खबरले यस सम्बन्धमा निरन्तर फलोअप गर्नेछ र यस सम्बन्धका गलत तथ्यहरुलाई सार्वजनिक गर्दै जानेछौं ।
FOUNDER/CHIEF EDITOR :