लिस्बनको आन्जुसमा नेपाली गुफा भेटियो !

लिस्बनको आन्जुसमा नेपाली गुफा भेटियो !
युरोपनेपाली खबर २०७७ पुष ७, 22 -12-2020


"गुफा छ नि सहयोग गर्नी, दुनिया ठाउँ किन चार्नी"

लिस्बन, पोर्चुगल । सामान्यतया "गुफा" जंगल र पहाडतिर भेटिन्छ, तर युरोपको एउटा समृद्ध  मुलुक पोर्तुगलको अत्याधुनिक राजधानी लिस्बनको केन्द्र भाग आन्जुसको RUA ALVARO COUTINHO 2 A, LJ / 1150-025 LISBOA ( केनाइ नजिकै) पोर्तुगलका युवा सफल व्यवसायी प्रकाश ढकालले संचालन गरेकोको नेपाली गुफा भेटिएको छ । 

एनआरएनए पोर्तुगलका सचिव समेतका रहेका ढकालको यो गुफा अरु भन्दा अलि फरक छ, यसले एकैठाँउबाट एकैपटकमा मानिसहरुलाई धेरै सेवा पुर्याउने भएको छ।

पोर्चुगलमा रेस्टुरेन्ट व्यबसायमा पनि भिजेका ढकालको लियो ग्रुप एन्ड कम्पनी अन्तर्गतको "लियो रेस्टुरेन्ट" पनि सुपरिचित छ । जुन उनले २०१६ देखि संचालन गरिरहेका छन् ।

गुफा मनी ट्रान्सफर र टिकेटिङ्गकोको नाममा यस भन्दा अघि केही बर्षदेखि लिस्बनको  आरोइस स्थित  Rua cavaleiro de oliveira 47 b, 1170-086 lisboa संचालित भइरहेको छ भने  अबआन्जुसमा पनि उनले नयाँ शाखा स्थापित गरेका छन्, आगामी नयाँ बर्ष २०२१ को जनवरी १ देखि  यो शाखा पूर्ण संचालनमा आउने ढकालले बताए । निकट भविष्यमा लिस्बन बाहिर पनि शाखा विस्तार गर्ने तयारी रहेको छ ।

गुफा एउटै कम्पनीको रूपमा काठमाडौको नयाँ बजारमा पनि संचालन भइरहेको छ ।

गुफाले पोर्चुगलका नेपाली र आफ्ना ग्राहकहरु जुन विश्वास र माया पाएको छ त्यसबाट  उत्साहित भएर आफूहरु अझ गुणस्तरीय सेवा प्रदान गर्नेमा हरदम प्रतिवद्द रहने संचालक ढकालले विश्वास व्यक्त गरेका छन् ।

 गुफाका ढकालले आफुले पुर्याउने सेवाको प्रतिबद्धता यसरी गरेको छन् , "आज हामी हाम्रो समुदायमा सबैभन्दा ठूलो प्लेटफर्मको साथ खडा छौं, हामी गुणवत्ता र विश्वसनीयताको साथ ग्यारेन्टी सेवा प्रदान गर्दैछौं ।

हामीबाट तपाईं विश्वव्यापी रूपमा पैसा पठाउन र  प्राप्त गर्न सक्नुहुनेछ, तपाईंको उडान र बस टिकट लिन सक्नुहुन्छ, तपाईंको बिलहरू तिर्न सक्नुहुनेछ, र हामी तपाईंको भिसा, पुलिस रिपोर्ट, इंडिया V.F.S. सेवा, कागजात अनुवाद र नोटरी व्यवस्थित गर्न मद्दत गरिरहेका छौं ।" 

गुफाका ढकाल भन्छन्  "हामी कसरी अझ हाम्रो सेवाहरू सुधार गर्न सक्दछौं, भन्ने कुरा पत्ता लगाउन हामी उत्सुक छौं, तपाईंको सल्लाह सुन्न र तिनीहरूलाई लागू गर्न अधिक समर्थन र जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ : ९१३०३०३९७, ९१६७८७०५९२५१, २१५८९७२८१

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित