स्पेनमा कोरोना विरुद्ध देशभर खोप अभियान, तीन महिनाभित्र २२ लाखलाई खोप लगाउने लक्ष्य

स्पेनमा कोरोना विरुद्ध  देशभर खोप अभियान, तीन महिनाभित्र २२ लाखलाई   खोप लगाउने लक्ष्य
युरोपनेपाली खबर २०७७ पुष १८, 2-01-2021


बार्सिलोना ।  स्पेनको सरकारले प्रत्येक हप्ता सबै क्षेत्रहरूमा करिव ३ लाख ५० हजार कोभिड–१९ विरुद्धको खोप पठाउने भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार आउदो १२ हप्तामा ४५ लाख ९१ हजार २ सय ७५ खोप स्पेन आईपुग्ने र करिव २२ लाख ९५ हजार ६ सय २८ जना लाभान्वित हुने अपेक्षा गरिएको छ। 

स्पेनमा गत सातादेखि आम मानिसमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको हो । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा स्पेनका १७ वटै क्षेत्रबाट सुरु गरिएको हो। यसलाई देशभर सामूहिक खोप अभियान समेत भनिएको छ। 

पहिलो ३ लाख ५० हजार डोज मंगलबार स्पेन आईपुगेको हो।खोप सहितका कन्टेनरहरु म्याड्रिड, बार्सिलोना, भिट्टोरिया, भ्यालेन्सिया र सेभियाका एयरपोर्टहरूमा हवाईजहाजबाट आइपुगेका थिए। जहाँबाट तिनीहरूलाई बाँकी क्षेत्रमा वितरण गरिएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

स्पेनमा खोपको आगमनसँगै सन् २०२० को बिदाई भएको छ तर महामारी भने समाप्त भएको छैन। बर्षको अन्तिम हप्ताको तथ्याङ्कले कोरोनाको पहिलो लहरभन्दा पनि दोस्रो लहर झन् खतरनाक रहेको स्पष्ट संकेत गरेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित