पोर्चुगललगायत १५ वटा ल्याटिन अमेरिकी मुलुकबाट बेलायत जान रोक

पोर्चुगललगायत १५ वटा ल्याटिन अमेरिकी मुलुकबाट बेलायत जान रोक
युरोपनेपाली खबर २०७७ माघ १, बिहिबार, 14-01-2021


लिस्बन ।ब्राजिलमा भेटिएको नयाँ खालको कोरोना भाइरसको संक्रमणबाट बच्न बेलायतले पोर्चुगललगायत १५ वटा दक्षिण अमेरिकी मुलुकहरुबाट बेलायत प्रवेशमा रोक लगायतको छ ।

बेलायत सरकारले भोलि बिहान ४ बजेदेखि सो आकस्मिक निर्णय लागू हुने बताएको छ ।

सरकारका अनुसार भोलिदेखि ती देशहरुबाट बेलायतमा हवाइ यात्रा गर्न रोक लगाइएको छ । यसरी यात्रा प्रतिवन्ध लगाइएका मुलुकहरुमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, केपभर्ड,चिली, कोलम्बिया, इक्वेडोर, फ्रेन्च गायना, गायना, पनामा, सुरिनाम, पाराग्वे, पेरु, उरुग्वे र भेनेजुयला छन् ।

ब्राजिलसित बाक्लो सम्पर्क भएकाले पोर्चुगलबाट बेलायत प्रवेशमा पनि प्रतिबन्ध लगाउनु परेको बेलायतका यातायात मन्त्री ग्रान्ट सापले जानकारी दिएका छन् ।

ब्रिटिश तथा आइरिस नागरिकहरु, बेलायतको लामो समयको भिसा भएकाहरु, बेलायतका स्थायी बासिन्दाहरुलाई भने बेलायत आउन दिइने बताइएको छ तर उनीहरुले १० दिन आइसोलेसनमा बस्न पर्ने छ ।

यसैगरी पोर्चुगलबाट मालबाहक सवारीसाधन चलाएर आउनेहरुलाई पनि बेलायत आउन दिइनेछ । अत्यावश्यक खाद्य सामग्रीको आपूर्तिमा अवरोध नहोस् भनेर यसो गरिएको बताइएको छ ।

यस्तै दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको प्रकार बेलायतमा नभित्रियोस् भनेर नामिबिया, जिम्बाबे, बोत्स्वाना, इस्वाथिनी, जाम्बिया, मलाबी, लेसोथो, मोजाम्बिक, अङ्गोला, सेसेल्स र मरिससबाट बेलायत आउन पनि निषेध गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित