पोर्चुगलमा कोरोनाका कारणले लकडाउन हुँदा बेरोजगारी डरलाग्दो बढ्दै, ५४ हजार ४०० कम्पनी बन्द

पोर्चुगलमा कोरोनाका कारणले लकडाउन हुँदा बेरोजगारी डरलाग्दो बढ्दै, ५४ हजार ४०० कम्पनी बन्द
तस्वीर : गुगल
युरोपनेपाली खबर २०७७ माघ ३० शुक्रबार, 12-02-2021


लिस्बन। कोरोना भाइरस महामारीका कारण पोर्चुगल सरकारले देशभर स्वास्थ्य संकटकाल लागु गरेको छ। कोरोनाको तेश्रो लहरले नराम्ररी थला परेपछि सरकारले देशभर कडा लकडाउन समेत गरेको छ।

लकडाउनमा सबै शैक्षिक संस्थाहरु, व्यवसायिक प्रतिस्ठानहरु, रेस्टुरेन्ट, क्याफे आदि सबै बन्द गरिएको छ। टेक वे र खाना डेलिभरी, खाद्यान्न र अत्यावश्यक सामग्रीहरु पाईने पसलहरु मात्रै सिमित सेवाका साथ खुलेका छन्।

लकडाउनका कारण व्यवसाय बन्द भएका र जागिर गुमाएकाहरुलाई सरकारले ले-अफ योजना अन्तर्गत २ लाख ८१ हजार कामदारलाई भत्ता प्रदान गरेको छ। पोर्चुगलमा कोरोनाको पहिलो र दोश्रो छालमा कामलाई निरन्तरता दिन नसक्ने कामदारहरुलाई सरकारले दुई तिहाई भत्ता दिएको थियो। कोरोनाको तेश्रो छालमा नयाँ बर्षमा जागिर गुमाउनेहरुलाई सरकारले सतप्रतिशत भत्ता दिएको छ।

लकडाउनका कारण बन्द भएका ५४ हजार ४०० कम्पनी बन्द भएको र ति कम्पनीमा कार्यरत २ लाख ८१ हजार कामदारलाई भत्ता प्रदान गरिएको सामाजिक सुरक्षा मन्त्री आना मेन्देस गोदिन्होले बताएकी छिन।

त्यस्तै बिद्यालय बन्द हुदा बालबच्चाको हेरचाह गर्न २२ हजार परिवारले रोजगारी गुमाउनुपरेको र उनीहरुलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको मन्त्री गोदिन्होले जानकारी दिएकी छिन्।

पोर्चुगलमा दशौ संस्करणको संकटकाल र लकडाउन १४ फेव्रुअरीमा समाप्त हुदैछ। राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले थप १५ दिन संकटकाल र लकडाउन बढाउने प्रस्ताव संसदमा पेश गरेसंगै संकटकाल १ मार्चसम्म लम्बिने निश्चित भएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित