ब्रेक्जिटपछि इयु र युकेबीचको ब्यापारमा व्यापक गिरावट

ब्रेक्जिटपछि इयु र युकेबीचको ब्यापारमा व्यापक गिरावट
युरोपनेपाली खबर २०७७ चैत १ आइबार, 14-03-2021

 

ब्रेक्जिटपछि बेलायत र युरोपेली युनियन (ईयु) बिचको ब्यापार एक तिहाईले घटेको छ । सन् २०२१ को जनवरि महिनामै ईयु र बेलायतबिचको ब्यापारमा यस्तो गिरावट आएको हो । कोरोना भाईरस संक्रमणका कारणले गर्दापनि दुई पक्षबिचको ब्यापारमा गिरावट आएको बताइएको छ । तर ब्रेक्जिट सम्झौताबाट बेलायत बाहिरिनुनै प्रमुख कारण रहेको बताइएको छ ।

ब्रेजिक्ट पछि तत्कालै बेलायत र इयु बीचको व्यापार खस्किएको थियो । यो ब्रिटिश नेशनल स्ट्याटिस्टिक्स अफिस (ओएनएस) बाट आएका तथ्यांकहरूलेनै सिद्द गरेका हुन् । यो तथ्यांक मार्च १२ शुक्रबार प्रकाशित भएको हो । बेलायतले ईयुसितको एकल बजार छोडेपछि प्रारम्भिक महिनामै व्यापारमा करीव एक तिहाइ गिरावट आएको छ ।

गैर मौद्रिक सुन र अन्य बहुमूल्य धातुहरू बाहेक ईयूमा बेलायती निर्यात डिसेम्बरको तुलनामा जनवरीमा ४० दशमलव ७० प्रतिशतले खस्कियो । एक अर्को तथ्यांक अनुसार आयात २८ दशमलव ८ प्रतिशतले डुबेको छ ।

ओएनएसका अनुसार कोरोनाभाइरस महामारीले जनवरीमा ब्रिटेनलाई प्रतिबन्ध र सतर्कताका उपायहरू लागू गर्न प्रेरित गर्‍यो । त्यसले नयाँ भन्सार व्यवस्थामा ब्रेक्जिटको प्रभावको मात्रा पुष्टि गर्न गाह्रो बनायो । त्यसले तथ्यांक संकलनमा पनि परिवर्तनहरू भएको उल्लेख गरेको छ ।

“बाह्य तथ्यांकले जनवरी २०२१ को सुरुमा व्यापारको कारोबारमा आएको मन्दीको कारण संक्रमण अवधि समाप्त भए पछि हुने अवरोधहरुको कारण हुनसक्ने संकेत गरेको ओएनएसले बताएको छ ।

धेरै कम्पनीहरूले २०२० को अन्त्यमा ब्रेक्जिटको पूर्वानुमान गरेर सामानहरू भण्डार गरेका थिए जसले जनवरीमा व्यापार कम भएको जस्तो देखियो । ओ एन एसले यसो भनिरहँदा सामान भण्डार गरेपनि ईयुसित बेलायती मागमा कमी थिएन । बरु माग अनुसार इयुले सामान आपूर्ति नगरेको देखाउँछ ।

सबैभन्दा बढि रसायन र औषधीको व्यापार विशेष गरी कम भएको देखिएको छ । डिसेम्बर ३१, २०२० को ब्रेक्सिट संक्रमणकाल समाप्त हुनु अघि फार्मास्यूटिकल्सको भण्डारमा थुप्रो लागेको देखिन्छ ।

ओएनएसकै तथ्यांक अनुसार खाद्य सामाग्रि, जिवित पशु, माछा र अन्य सामुद्रिक खाद्यवस्तुको व्यापरमा ६४ प्रतिशतले घटेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित