यस्तो छ आजको बजेटको विशेषता

यस्तो छ आजको बजेटको विशेषता
युरोपनेपाली खबर २०७८ जेठ १५ शनिबार, 29-05-2021


- बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

- सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

- स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन

- ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि 

- बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो

- काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा प्रदान गरिने

- स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,सटिफिकेट धितो राखी २५ लाखसम्म दिइने

- निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

- अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा

- महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि 

- मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट

- पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने

- सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

- रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन

- चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट 

- आगामी १० बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने

- सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने

- कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन

- सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

- मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट स्यीकृत गर्ने व्यवस्था खारेज

- विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी

- कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड

- अनुमानित करको लाग्ने सिमा २० लाखबाट बढेर ३० लाख 

- म्यूचुअल फण्डको आम्दानीमा कर छुट

- डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने 

- राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने त्म्क् कट्टा गर्नु नपर्ने 

- विवादित सांसद विकास कोष खारेज

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित