एनआरएनए पोर्चुगलको पहलमा बिरामी भुषाललाई नेपाल पठाइयो

एनआरएनए पोर्चुगलको पहलमा बिरामी भुषाललाई नेपाल पठाइयो
खादा लगाएर बिदाइ हुँदै लिस्बन एयरपोर्टमा भुषाल
युरोपनेपाली खबर २०७८ कार्तिक ६ शनिबार, 23-10-2021

 

लिस्बन । बिगत केही बर्षदेखि पोर्चुगल बस्दै आउनु भएका बुद्धभूमि नगरपालिका वडा नम्बर २ कपिलवस्तुका  बिरामी भएर कमजोर अवस्थामा पुग्नु भएका बिष्णुप्रसाद भुषाललाई  आज एनआरएनए पोर्चुगलको आर्थिक सहयोग र पहलमा नेपाल पठाइएको छ । उनलाई बिदाई गर्न एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी, वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ, महासचिव राजकुमार थापा लिस्बन एयरपोर्ट पुग्नु भएको थियो ।

उहाँ लामो समयदेखि रगत कमि हुने बिमारले ग्रस्त हुनुभएको थियो । उहाँलाई उपचारको लागि नेपाल पठाइ दिन उहाँको परिवार र बुद्धभूमि नगरपालिकाको तर्फबाट एनआरएनए पोर्चुगललाई लिखित आग्रह भइ आएको थियो । उहाँको नेपाल जाने टिकट लगायत अन्य आर्थिक सहयोग एनआरएनए पोर्चुगलले रकम संकलन गरी उपलब्ध गराएको वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठले बताउनु भयो । एनआरएनए पोर्चुगलको सहयोगप्रति बिरामी भुषाल र परिवारजनले आभार व्यक्त गर्नु भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित