मानिसमा पाप कसरी आयो ?

मानिसमा पाप कसरी आयो ?
१३ जुलाइ २०२०

परमेश्वरले मानिसलाई आफ्नै स्वभाव अनि आफ्नै स्वरुपमा बनाउनुभयो अनि उसलाई 'आदम' भनी बोलाउनुभयो, जसको अर्थ हिब्रु भाषाको मुल पाठमा 'मानिस' हुन्छ । यो 'एडोम' भन्ने शब्दबाट आउँछ, जसको अर्थ हिब्रुमा रगत र मनको सम्बन्ध भनी बुझाउँदछ । परमेश्वररले उहाँको आफ्नै सास मानिसको नाक भित्र फुकिदिनुभयो । उहाँले आफ्नो आत्मा र जीवन (शयभ-जोए) मानिस (एडोम) भित्र फुकिदिनुभयो । हामी जान्न सक्छौ कि सबै थोकहरु परमेश्वरद्वारा अनि उहाँ कै निम्ति सृजिएका थिए । परमेस्वरले मानिसलाई आफ्ना सबै सृष्टिको मुकुट तुल्याउनुभयो ।

जब हामी बाईबल (भजनसंग्रह 8:4-6) मा पढ्छौं, परमेश्वररले मानिसलाई आफु भन्दा केही मात्र तल्लो स्तरको बनाउनुभयो । हामी त्यस पदको केही अनुवादहरुमा यसरी लेखिएको देख्न सक्छौं कि परमेश्वररले मानिसलाई आफुभन्दा केहि निम्न तर सारा स्वर्गदुतहरु र सृजित प्राणी भन्दा उच्च बनाउनुभयो । स्वर्गदुतहरु ती मानिसहरुको नोकरहरु हुन, जो ख्रीष्टमा बचाईएका छन (हिब्रु 1:14, भजन संग्रह 91:11,12) ।

यदि हामी भजन संग्रह (८:४-६) मा पढ्छौं , परमेश्वररले मानिस सृष्टि भएपछि तिनको शीरमा आदर र महिमाको मुकुट राखि दिनुभयो । यहाँ राजा दाउदले सृष्टिको बारेमा देखेका दर्शनको वर्णन हो । जसमा परमेश्वररले मानिसलाई आदर र महिमाको मुकुट पहिराउँदा स्वर्गदुतहरुले उहाँलाई हेर्दै थिए र सोध्दै थिए ' यो मानिस को हो जसको लागि तपाईंले यो सुन्दर बगैंचा बनाउँदै हुनुहुन्छ। यस मानिसको छोराबारे तपाईं किन चिन्तायुक्त (फिक्री, वास्ता गर्नुहुन्छ ?) हुनुहुन्छ ?'

यसबाट हामी यो थाहा पाउन सक्छौं कि मानिसको सृष्टि गरिनु भन्दा अघि नै परमेश्वरले तिनको निम्ति चाहिने सबै कुरा बनाउनुभयो । यदि हामी बाईबल पढ्छौं भने देख्नसक्छौं परमेस्वरले गर्नुभएको सृष्टि प्रति स्वर्गदुतहरु पनि अति उत्साही थिए ।

आदम सारा मानव जातिका मुख्य प्रतिनिधि थिए । परमेश्वरले आदममा सम्पूर्ण मानव बनाउँदै हुनुहुन्थ्यो । परमेश्वररले आदममा नै हामी प्रत्येकलाई देख्नुभयो । परमेश्वररले आदमलाई आफ्ना सारा सृष्टि माथि अधिकार प्रदान गर्नुभयो । मानिसलाई ब्रम्हाण्डका मालिक तुल्याउनुभयो । त्यसैकारण आदमले जे गर्छ त्यसले सबैको अस्तित्वलाइ नै प्रभावित गर्न सक्थ्यो ।

परमेश्वररले आदमलाई अधिकार दिनुभयो त्यसैले अदनको बगैंचाभित्र घट्ने हरेक कुराको लागि ऊ जिम्मेवार थियो । ऊ परमेस्वरकै स्वरुपमा अनि आफ्नो स्वतन्त्र चाहनाका साथ बनाईएका थिए । यहि स्वतन्त्र ईच्छा चाहनाद्वारा तिनी परमेश्वर जस्तै बन्न चाहन्थे तर वास्तवमा तिनी हुबहु परमेश्वर कै स्वभाव र स्वरुपमा सृष्टि गरिएका थिए ।

तिनी अघिबाटै परमेश्वर जस्तै थिए तर तिनले यो महशुस गर्न सकेनन, त्यसैले बगैंचामा सर्प ( दियाबलस) ले परमेश्वर जस्तै हुन फल खानुपर्छ भन्दा उसको बचनलाई स्विकारी खाएको कारणले परमेस्वरमा अनाज्ञाकारीताको पाप भयो अनि यसरी पापले मृत्यु ल्यायो । यसरी नै अहिले पनि शैतानले हामीलाई सोहि तरिकाले परिक्षामा पार्दछ र भन्दछ कि तिमीहरु कहिल्यै निको हुने छैनन तर परमेस्वरको बचनले भन्छ , 'उहाँको कोर्राको चोट्ले हामी निको भयौं' (यशैया ५३:५) । यो चहिं अनन्ततामा स्थापित गरिएको सत्यता हो ।

आदमले आफ्नो स्वतन्त्र चाहनाद्वारा परमेश्वरको आज्ञा उल्लङ्घन गर्न चुने र आफ्नो स्वास्नी हव्वासित त्यो फल खाए अनि आदम परमेश्वरको अनुग्रह देखि पतन भए । असल र खराबको ज्ञान दिने रुख बाहेक आदमलाई वस्तवमा पूर्ण स्वतन्त्रता दिईएको थियो । यसले तिनलाई सम्झना दिलायो कि तिनीसंग भन्दा उच्चमा सृष्टिकर्ता परमेश्वर हुनुहुन्थ्यो जसप्रति तिनी समर्पित हुनु पर्थ्यो ।

जसै तिनीहरुले फल खाए, जीवन र महिमाले दुवैलाई छोड्यो । त्यसपछि तिनीहरुले अनायसै चाल पाए कि तिनीहरु दुवै नग्न थिए । परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु भन्दा अघि तिनीहरु दुवैले एकार्कालाई आत्मिकी आँखाहरुले देखे र आफुलाई सुरक्षित पाए तर जसै तिनीहरुले एक अर्कालाई भौतिक आँखाहरुले हेर्न थाले अनि एक अर्कालाई नग्न देखे । पाप तिनीहरुमा प्रवेश गर्यो अनि यस पापले तिनीहरुलाई नग्न पार्यो । तिनीहरु झाडी भित्र लुके । पापले मानिसलाई परमेश्वरको उपस्थितिबाट लुक्न र भाग्न लगाउँछ । तिनीहरुले आफैलाई पातहरुद्वारा ढाक्ने कोशिश गरे, तर यसले तिनीहरुको नग्नतालाई ढाक्न सकेन (उत्पत्ति ३:७) ।

यसरी एउटा मानिस आदमद्वारा संसारमा पाप आयो, र पापको फलस्वरुप मृत्यु र सबै मानिसमा पाप फैलियो ।' त्यसकारण रोमी ३:२३ ले भन्छ, किनकी सवैले पाप गरेका छन र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन । तर खुशीको कुरा रोमी ६:२३ ले भन्छ पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैंको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।

गिता तबिताबाट  ( लेखन श्रोत : रगतले किनिएको विजय)

greatcloudofwitness@gmail.com

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित