' निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेड़ा झैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ। ' (यशैया 53 : 4-6)
अहिलेको समयमा वा अझ भनौं भने विश्वमा नै जता हेरेपनि सबैले दुख कष्ट देख्न र भोग्न परेको देख्छौं । यी सब के र कस्का लागि भन्दा सबै आफ्नै प्रयोजनकलागि । तर यहाँ एकजना व्यक्तिको बारेमा कुरा गरिएको छ जसले नितान्त अरुको दु:ख भोग्यो र आफ्नो प्राण पनि अर्पण गर्यो जुनचाहिं हाम्रोलागि थियो ।
परमेश्वरका पुत्र येशु ख्रीष्ट मानिसहरुको पाप क्षमा र उद्दारकोलागि आजभन्दा करिब दुई हजार बर्ष अघि यस पृथ्वीमा कन्या मरीयमको गर्भबाट ईस्राएलको बेथलेहेममा जन्मनु भएको थियो । यो कुरा हुनु नै आवश्यक थियो किनकि पहिलो मानव आदमबाट नै संसारमा पाप अनि दु:ख कष्टको सुरुवात भएको थियो। त्यसकारण मानिसहरुको पापको कारण येशुले ठुलो दुख कष्ट र पिडा सहनु पर्यो ।
अव उहाँले हाम्रो सबै दु:ख कष्ट र निर्बलताहरु बोकिसक्नु भएकोले नै हाम्रा शारिरीक र आत्मिक दुबै किसिमका रोगहरु येशुले क्रुशमा टागिसक्नु भएको छ ।
यसकारण हामी हाम्रा रोग बिमारकोलागि र पाप क्षामाकोलागि येशुसंग प्रार्थना गर्न सक्छौं। उहाँ हामीलाई सहायता गर्न सदा तत्पर हुनुहुन्छ । हामीले पाप गरेका र परमेश्वका सामु दोषी ठहरिएका हुनाले नै ख्रीष्टलाई क्रुशमा टाँगिएको थियो ।
उहाँले हाम्रा सट्टामा हामीले भोग्नु पर्ने दण्ड र हाम्रा पापका निम्ति मृत्युदण्डको सजाय भोग्नु भयो । यसैकारण हामीले क्षमा पाउन सक्छौं र परमेश्वरसंग मिलापमा आउन सक्छौं किनकि येशु ख्रीष्ट हाम्रा उद्दारक हुनुभएको छ ।
FOUNDER/CHIEF EDITOR :