अस्ट्रेलियामा कोभिड विकाराल रूपमा फैलियो, एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

युरोपनेपाली खबर २०७८ माघ ४ गते मंगलबार, 18-01-2022


सिड्नी — अस्ट्रेलियामा २४ घन्टायता अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ ।

संक्रमणबाट धेरैको मृत्यु हुन थालेपछि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले संक्रमण फैलिएको क्षेत्रमा यथाशक्य छिटो ५७ हजार नर्स र एक लाखभन्दा बढी स्वास्थ्य कर्मचारीहरू खटाउने बताएका छन् ।

उक्त क्षेत्रमा पठाइने स्वास्थ्यकर्मीहरू तालिमप्राप्त र अनुभवी हुने भन्दै मन्त्री ग्रेगले ती क्षेत्रमा औषधिको समेत पर्याप्त आपूर्ति गर्ने जानकारी दिए ।

उनले पछिल्ला एक/दुई सातामा कोरोना संक्रमणले देशको स्वास्थ्य प्रणालीलाई केहि दबाबमा पारेकाले यसलाई छिटै नियन्त्रण गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी अस्ट्रेलियामा अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि विगतको तुलनामा बढेको पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित