एनआरएनए पोर्चुगलले भन्यो-पीडित चेलीलाई कानुनी र सामाजिक रूपमा सहयोग गर्न तत्पर छौं

एनआरएनए पोर्चुगलले भन्यो-पीडित चेलीलाई कानुनी र सामाजिक रूपमा सहयोग गर्न तत्पर छौं
युरोपनेपाली खबर २०७८ माघ ४ गते मंगलबार, 18-01-2022

एनआरएनए पोर्चुगलले आज एक विज्ञप्ति जारी गरी केही दिन अघि लिस्बनमा एक नेपाली महिलालाई वकिल कार्यालय भित्र नै भएको हातपात र दुर्व्यावहारको घोर निन्दा र भर्त्सना गर्दै पीडित चेलीलाइ कानुनी र सामाजिक रूपमा सहयोग गर्न तत्पर रहेको जनाएको छ । हेर्नुहोस्  विज्ञप्ति  जस्ताको तस्तै :                                                                                                        एनआरएनए पोर्चुगलको विज्ञप्ति तथा ध्यानाकर्षण 

मिति १५ जनवरी २०२२ शनिबारका दिन पोर्चुगलको लिस्बनस्थित एक कानुन व्यवसायी(वकिल) को कार्यालयमा काम गरिरहेको बखत सोही कार्यालयमा काम गर्ने कर्मचारी राजन खनालले सो दिन एक्कासी कार्यालयमा गइ गाली गलौज, कुटपिट, हातपात र दुर्व्यवाहार गरेको र विगतमा पनि निरन्तर शारीरिक र मानसिक यातना दिदै आएको भनी उक्त कार्यालयमा कार्यारत नेपाली महिला कर्मचारी प्रभा पौडेलले कानुनी कार्वाहीका लागि प्रहरीमा उजुरी गरी लिस्बनस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा  दिएको निवेदनको बोधार्थ गैरआवासीय नेपाली संघ पोर्चुगल( NRNA, Portugal) लाई  प्राप्त भएको सन्दर्भमा, आज एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष र महासचिवले पीडित चेली प्रभा पौडेललाई भेटी घटनाको यथार्थ जानकारी लिने काम भयो ।

एक जना नेपाली चेलीमाथि आफ्नै कार्यालयमा काम गरिरहेको बखत हातपात, कुटपिट र दुर्व्यवाहार हुनु अत्यन्त निन्दनीय कार्य हो । यस्तो कार्यको एनआरएनए पोर्चुगल घोर निन्दा र भत्सर्ना गर्दछ । पीडित चेलीलाई सामाजिक र कानुनी रूपमा पुर्याउनु पर्ने सहयोगका लागि एनआरएनए पोर्चुगल सदैव तत्पर रहेको जानकारी गराउँदछौं । पीडित चेलीलाइ एनआरएनए पोर्चुगलको तर्फबाट पुर्याउनु पर्ने आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको जानकारी समेत गराएका छौं ।

यो घटनामा आरोपित राजन खनाललाई तत्काल पोर्चुगलको नेपाली समाजमा सार्वजनिक रूपमा उपस्थित भइ घटनाको सत्यतथ्य जानकारी गराउन  समेत आग्रह गर्दछौं ।

१८ जनवरी २०२२

रबिन अधिकारी

अध्यक्ष 

राजकुमार थापा                                महासचिव                                      एनआरएनए पोर्चुगल 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित