युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औं युरोप क्षेत्रीय सम्मेलन आगामी १०-११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनस्थित The Radisson Blu Royal Hotel मा आयोजना हुने भएको छ ।
उक्त क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
आगामी सोमबार र मंगलबार आयोजना हुने सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त जानकारी दिएका हुन्। उनले रास्वपाका दलका नेता तथा प्रधानमन्त्री बालेन शाह रहेको वर्तमान सन्दर्भमा उपनेता पराजुलीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइनु सकारात्मक सन्देश भएको बताए।
उनले एनआरएनएका यूरोप, एशिया लगायत विभिन्न क्षेत्रीय सम्मेलनहरूले संघको लगानी र नागरिकता सम्बन्धी मुद्दामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, यी सम्मेलनहरू सम्पन्न भएपछि काठमाडौँमा संघका पदाधिकारीहरू भेला भई नयाँ कार्यक्रम घोषणा गरिने जानकारी पनि उनले दिए। नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
आगामी सोमबार र मंगलबार आयोजना हुने सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त जानकारी दिएका हुन्। उनले रास्वपाका दलका नेता तथा प्रधानमन्त्री बालेन शाह रहेको वर्तमान सन्दर्भमा उपनेता पराजुलीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइनु सकारात्मक सन्देश भएको बताए।
उनले एनआरएनएका यूरोप, एशिया लगायत विभिन्न क्षेत्रीय सम्मेलनहरूले संघको लगानी र नागरिकता सम्बन्धी मुद्दामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, यी सम्मेलनहरू सम्पन्न भएपछि काठमाडौँमा संघका पदाधिकारीहरू भेला भई नयाँ कार्यक्रम घोषणा गरिने जानकारी पनि उनले दिए।
भर्चुअल पत्रकार सम्मेलन मार्फत् आज एनआरएनए युरोप क्षेत्रीय समितिका संयोजक रोबोट लिम्बु र मेडिया संयोजक बाबा राजेश्वरी थापाद्वारा जारी प्रेस विज्ञप्ति सम्मेलनबारे जानकारी दिइएको थियो ।
सन् २००३ मा स्थापना भएको एनआरएनएले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। हाल संघको सञ्जाल करिब ९२ देशमा विस्तार भएको छ र एक लाखभन्दा बढी पञ्जीकृत सदस्य आबद्ध छन् ।
एनआरएनएको विस्तारसँगै युरोप क्षेत्रीय बैठक तथा सम्मेलनहरू युरोपस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकसित भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औं युरोप क्षेत्रीय सम्मेलन आगामी १०-११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनस्थित The Radisson Blu Royal Hotel मा आयोजना हुँदैछ। सम्मेलनको मुख्य भाव 'संकल्प' रहेको छ भने यसको सन्देश "United by Identity, Driven by Investment, Committed to Prosperity" "पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता" रहेको छ।
एनआरएनएको विस्तारसँगै युरोप क्षेत्रीय बैठक तथा सम्मेलनहरू युरोपस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकसित भएका छन् ।
यस वर्षको सम्मेलनमा युरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए आईसीसी तथा एनसीसीका पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र समुदायका प्रतिनिधिहरु सहभागी हुनेछन्। हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीको सहभागिता सुनिश्चित भएको छ भने कुल सहभागिता करिब २५० जनासम्म पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। साथै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुबेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंगा, एनआरएनए नेतृत्व तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्र रहनेछन् । सम्मेलनले गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, सुरक्षित आप्रवासन, श्रम तथा आर्थिक कूटनीति, महिला सशक्तीकरण, युवा तथा दोस्रो पुस्ताको सहभागिता, ज्ञान-सीप तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय समन्वय परिषद एन सिसि हरुको सबलीकरण तथा अन्तरदेशीय विषयहरु र संस्थागत Rebranding NRNA लगायतका विषयमा गहन छलफल गर्नेछ।
यस वर्षको सम्मेलनले विशेष रूपमा गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, महिला, युवा र दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकता दिएको छ। महिला केन्द्रित छलफलमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य र कानुनी पहुँचलाई जोड दिइनेछ भने युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रले नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा-संस्कृति र नेपालसँगको दीर्घकालीन सम्बन्धलाई केन्द्रमा राख्नेछ।
सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षका लागि विश्वभरका प्रवासी नेपालीको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीसम्बन्धी साझा मार्गचित्र निर्माण गर्ने लक्ष्यसमेत लिएको छ। आयोजकले सम्मेलनलाई गैरआवासीय नेपालीका अधिकार र सरोकारहरू नेपाल सरकार तथा राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रुपमा प्रस्तुत गर्ने, युरोपस्थित नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने तथा नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
१०-११ अगस्टमा डब्लिनमा भेटौँ । पहिचानमा एकताबद्ध बनौँ, लगानीलाई अवसरमा रूपान्तरण गरौं र नेपालको समृद्धिका लागि साझा संकल्प गरौं ।
FOUNDER/CHIEF EDITOR :