बिटक्वाईन, इथेरियम, डगक्वाईन लगायतको क्रिप्टोकरेन्सी मूल्यमा ब्यापक गिरावट

बिटक्वाईन, इथेरियम, डगक्वाईन लगायतको  क्रिप्टोकरेन्सी मूल्यमा ब्यापक गिरावट
युरोपनेपाली खबर २०७८ माघ ७ गते शनिबार, 22-01-2022


क्रिप्टोकरेन्सी बिटक्वाईनको मूल्य लगातार गिरावट आएको छ । शनिवार प्रति विट्क्वाईन ३५ हजार डलर भन्दा पनि तल झर्यो । नोभेम्बर महिनामा बिटक्वाईन सवैभन्दा माथि ६८ हजार ९९० डलरसम्म पुगेको थियो । त्यसको तुलनामा अहिले बिटक्वाईनको भ्यालु झण्डै ५० प्रतिशतले झरेको छ । 

बिटक्वाईन मात्र होइन अन्य डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको भ्यालुमा पनि यसरीनै गिरावट आएको छ  । इथेरिमको मूल्य २४ सय डलर भन्दा तल कारोवार हुन आएको छ । 

डगक्वाईन, सिवाइन लगायतका क्रिप्टोकरेन्सीमा यसरीनै तल झरेका छन् । 

अमेरिका, रसिया, भारत, चीन लगायत विभिन्न देशले विट्क्वाईन लगायत क्रिप्टोकरेन्सी प्रति अनुदार हुदैं गएकाले मूल्यमा यसरी गिरावट आएको हो । यो गिरावटले लगानीकर्ता क्रिप्टोकरेन्सी जस्तो जोखिम पुर्ण क्षेत्रमा लगानी वाट वाहिरिन थालेको संकेत गरेको छ । 

हालै अमेरिकाले बिटक्वाईन लगायत क्रिप्टोकरेन्सी कारोबारमा कडाई गर्न थालेको छ । रसियाले बिटक्वाईनको माईनिगंमा वन्देश लगाईदियो । बिटक्वाईन जस्ता क्रिप्टोकरेन्सीले अर्थतन्त्र अस्थिर वनाउन सक्ने वताउंदै रसियाले कडाई गर्न थालेको हो । सवैभन्दा वढी बिटक्वाईनको माईनिगं रसियामा हुने गरेको छ । 

भारतले क्रिप्टो करेन्सी कारोवारमा कडाई गर्दै आएको छ । एक बर्ष यता भारतमा क्रिप्टोकरेन्सीको कारोवार कयौं गुणाले वढेर अरर्बौमा पुगेको थियो । यद्यपी वित्तीय संस्था गोल्डम्यान स्याक्सले विटक्वाईनको मूल्य एक लाख डलरसम्म पुग्न सक्ने अनुमान सार्वजनिक गरेको छ । 

शेयर बजार र क्रिप्टोकरेन्सीमा लगानी गर्ने कयौं नेपाली पनि घाटामा जान थालेका छन् । यसैलाई संकेत गदै अमेरिकामा लगानी गर्ने नेपालीका लागि वनाईएको रविनहुड नेपाली समुहमा शुक्रवार जोकनै चर्चित बन्यो । म भाडामा बस्थें एक पटक घरवेटीलाई शेयरमा लगानी गर्न सिकाईदिएको थिए । अहिले हामी दुवै भाडामा बस्छौं भनेर जोक राखिएको छ । 

केही समय यता अमेरिकामा शेयरमा कयौं  नेपालीले लगानी गरेका छन् । नेपाली समुदायको लाखौं डलर अमेरिकी शेयर र क्रिप्टोकरेन्सीमा लगानी भएको छ  । 

अमेरिकामा उपभोग्य बस्तुको उच्च मुल्य बृद्धि, पहिले दिईएका सरकारी सहुलियतमा कटौती लगायतले अमेरिकाको अर्थतन्त्रमा दवाव सृजना भएको छ । यसको प्रभाव शेयर र क्रिप्टोकरेन्सीमा पनि परेको हो । 

यदी यो प्रभाव वढ्दै गए उद्योग व्यवसायमा लागेका कयौं नेपालीपनि मर्कामा पर्ने छन् । तस्बिर: सामाजिक संजाल 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित