विनोद चौधरी १.४ अर्ब डलर सम्पत्तिसहित बने २१४१ औं धनी, जेफ बेजोस बने पहिलो, अरु को को छन् ?

विनोद चौधरी १.४ अर्ब डलर सम्पत्तिसहित बने २१४१ औं धनी, जेफ बेजोस बने पहिलो, अरु को को छन् ?
www.europenepalikhabar.com २०७८ माघ २६ गते बुधबार, 9-02-2022


पोर्चुगल । नेपालका उद्योगपति विनोद चौधरी पुनः विश्वको धनाढ्य सूचीमा परेका छन् । धनीको सूची सार्वजनिक गर्दै आएको फोर्ब्सले चौधरी विश्वको २१४१ औं धनीको  सूचीमा परेको जानकारी गराएको छ । उनको कुल सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर रहेको छ ।

फोर्ब्सको गत वर्षको सूचीमा चौधरी २१४१ स्थानमा थिए । उनको सम्पत्तिको आकारमा भने कुनै परिवर्तन आएको छैन । सन् २०१३ मा पहिलो पटक विश्वको धनीको सूचीमा चौधरी प्रवेश गरेका हुन् । त्यसबेला उनको कुल सम्पत्ति १ अर्ब डलर थियो । सन् २०१३ यता चौधरी फोर्ब्सको धनीको सूचीमा पर्दै आएका छन् ।

६५ वर्षीय चौधरीले सीजी कर्प ग्लोबल र नेपालको बिजनेस सम्हालिरहेका छन् । नेपालमा चौधरीको नबिल बैंक, वाइवाइ चाउचाउ उत्पादन गर्ने सीजी फुड्स, मेघौली सेराइ होटल, समिट होटल, भिभान्ता होटललगायत, रियलस्टेट, हाउजिंग लगायत धैरे क्षेत्रमा उनको लगानी छ ।

यस्तै अमेरिकाका जेफ बेजोस विश्वकै धनी बनेका छन् । उनको कुल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर रहेको छ । उनको अमेजन आइटी कम्पनीका मालिक हुन् । उनी लगातार सर्वाधिक धनीको सूचीमा पर्दै आएका छन् ।

यस्तै दोस्रो धनीको सूचीमा अमेरिकाका इलन मस्क  भएका छन् । उनके सम्पत्ति १५१ अर्ब डलर छ । उनी विश्वकै महंगो विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुन् । तेस्रोमा फ्रान्सका वार्नेट अनल्र्ट छ । वार्नेटको फेसन र रिटेल बिजनेस छ ।  

चौथोमा माइक्रोसफ्ट कर्पोरेसनका मालिक अमेरिकाका बिल गेट्स भएका छन् । पाँचौमा फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्ज जुर्कबर्ग रहेका छन् । उनको सम्पत्ति ९७ अर्ब डलर रहेको फोब्र्सले जनाएको छ । ८४ अर्ब ५० करोड डलर सम्पत्तिसहित भारतका मुकेश अम्बानी विश्वको १० औं धनी बनेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित