हाइपर फण्ड र क्रिप्टोकरेन्सीवाला नेपाली जहाँ भएपनि पक्राउ पर्छन्, पूँजी पलायन नियन्त्रण गर्दैछौं : अर्थमन्त्री शर्मा

हाइपर फण्ड र क्रिप्टोकरेन्सीवाला नेपाली जहाँ भएपनि पक्राउ पर्छन्, पूँजी पलायन नियन्त्रण गर्दैछौं : अर्थमन्त्री शर्मा
www.europenepalikhabar.com २०७८ माघ २८ गते शुक्रबार, 11-02-2022


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइपर फन्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सीवाला नेपाली नेपालको कानुन उल्लंघन गरे बापत  जहाँ भएपनि एक दिन पक्राउ पर्ने बताएका छन् । यस्ता गलत माध्यमबाट मुलुकबाट पूँजी पलायन र रेमिटेन्स घट्न थालेकोमा चिन्ता व्यक्त गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अर्थमन्त्रीले यस्तो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो,’ मन्त्री शर्माले भने, ‘जसले हाम्रा जीवन व्यवहारलाई सहज बनाएको छ । तर त्यो उपलब्धि भित्रका नकारात्मक पक्षहरू पनि छन् ।’

मुलुकको कानुन एकातिर रहेको तर क्रिप्टोकरेन्सी र हाइपर फण्ड लगायतको कारोबार अर्कैतिरबाट भइरहेको उनको भनाई छ । ‘विभिन्न प्रविधिका माध्यमबाट आज क्यापिटल फ्लाइ (पूँजी पलायन) भइरहेको छ,’ उनले अगाडि भने, ‘ हिजो एक ढङ्गले हुन्थ्यो भने आज अर्कै ढङ्गले भइरहेको छ ।’

त्यसलाई कसरी नियमन तथा नियन्त्रण गर्ने भनेर सरकारले विभिन्न कमिटीहरू निर्माण गरेको अर्थमन्त्री शर्माको भनाई थियो ।  ‘अनुसन्धानको कुरामा राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त टिम बनाएर कार्य प्रारम्भ गरिएको छ । त्यसमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ,’ उनले भने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित