क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्ता नेटोर्किङ व्यापारमा नेपाली संलग्न पाइएमा रु.१० लाख जरिवाना र ३ बर्ष कैद : नेपाल प्रहरी सिआइबी (प्रहरीको विज्ञप्तिसहित)

क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्ता नेटोर्किङ व्यापारमा नेपाली संलग्न पाइएमा रु.१० लाख जरिवाना र ३ बर्ष कैद : नेपाल प्रहरी सिआइबी (प्रहरीको विज्ञप्तिसहित)
www.europenepalikhabar.com २०७८ फागुन २ गते सोमबार, 14-02-2022


काठमाडौं–प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न नेपाल र नेपाल बाहिर रहेका जो कोही नेपालीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ । ब्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानूनी कारवाहीसमेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सी अन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानूनी रहेको स्पष्ट भइरहेको छ । यस्ता गैरकानूनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउनसमेत ब्यूरोले नागरिकमा अनुरोध गरेको छ ।

उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सिआइबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा रु १० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीअन्तर्गतको कारोबार व्यवसाय तथा डिजिटल नेटवर्क बिजनेस गैरकानूनी रहेको त्यसको कारोबार नगर्न सूचना जारी गरेको छ । 

सीआईबीले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतको कारोबार गर्न नेपालीलाई  प्रतिबन्धित भएकोले यसको कारोबार गर्नेको विवरण खोजी गरिरहेको छ । 

यस्तो कारोबार गर्नेको सूचना सीआईबीलाई दिन पनि आग्रह गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जारी गरेको एक सूचनामा उल्लेख छ । 

यस्तो गैरकानूनी कारोबारको सीआईबी कार्यालयबाट समेत निगरानी भइरहेको र विगतमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कानूनबमोजिम कारबाहीसमेत भइसकेको जानकारी पनि दिएको छ ।

कानूनले बर्जित गरेको यस्तो कारोबार नगर्न/नगराउन आग्रह गरको छ । कसैले यस्तो कारोबार गरेको पाइए कडाइका साथ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको छ । 

यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए सूचना उपलब्ध गराई सहयोग गर्न पनि सीआईबीले अनुरोध समेत गरेको छ । 

गैरकानूनी डिजिटल करेन्सीसहितको कारोबार गरेको पाइए नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६, दण्ड सजाय हुनेछ । कानूनी व्यवस्थाअनुसार कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा १० लाख रूपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित