नाइजेरियामा एनआरएनएको रक्तदान

नाइजेरियामा एनआरएनएको रक्तदान
www.europenepalikhabar.com २०७८ फागुन २९ गते आइतबार, 13-03-2022


लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ , नाइजेरियाले  लेगोसमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । लेगोस सरकार रक्त संचार केन्द्रको सहयोग र रोटरी क्लब अफ पाम ग्रुभ स्टेट र केरला समाजम नाइजेरियाको सहआयोजनामा कार्यक्रम आयोजना भएको थियो । 

बिन्दु क्षेत्री , अभिषेक मानसिंह ,खुश्बु घिमिरे , सोमेश अर्याल , सुरज गिरी , चिरञ्जीवी रोका , सागर उप्रेती , सुहिम थापा , भरत रिजाल , बिरेन्द्र गुप्ता , राजु धिताल , भिमबहादुर थापा , बिदुर घिमिरे , कर्णेल हेमन्त राना लगाएत एकसट्ठी जना रक्तदाताले रक्तदान गरेका थिए । 

एनआरएनए नाइजेरियाको यो चौथो रक्तदान कार्यक्रम भएको र यसलाई निरन्तर गर्दै जाने योजना रहेको जानकारी एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ताले दिनु भयो । कार्यक्रम संयोजक तथा महासचिव सोमेश अर्यालले सहआयोजक सस्थाहरु र सबै रक्तदाताहरुलाई संघको तर्फबाट आभार ब्यक्त गर्नु भयो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित