डिप्रेसन भएको अनुभव भए नगर्नुस् यी पाँच काम

डिप्रेसन भएको अनुभव भए नगर्नुस् यी पाँच काम
www.europenepalikhabar.com २०७९ बैशाख २६ गते सोमबार, 09-05-2022


अहिले कामको तनाव तथा अन्य विभिन्न कारणले मानिसहरुमा डिप्रेसनको समस्या बढ्दै गएको छ । डिप्रेसनलाई स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिन्छ । यसले मान्छेमा उदासीनता, नैराश्यता र वैमनश्यता ल्याउँछ ।

डिप्रेसनका कारण कतिपयको जिन्दगी नै तहसनहस हुन पुग्छ । आफू डिप्रेसनमा गएको महसुस भए आफ्नो ख्याल आफैंले राख्नुपर्छ । यस्तो बेला आफ्नो भावना व्यक्त गर्न नचाहँदा समस्या झन् बढ्न सक्छ ।

डिप्रेसनको समस्या देखिए आफूलाई कहिल्यै एक्लो राख्न नहुने मनोचिकित्सकहरु बताउँछन् । एकान्तपनको अन्त्य गर्नुपर्छ । यसका साथै मध्यपानबाट टाढा रहनुपर्छ ।

डिप्रेसन भएको महसुस भए यस्तो काम नगर्नुस्

आवश्यकता भन्दा बढी खाना नखानुस्-

कतिपयले भोक नहुँदा नहुँदै पनि खाना खाने गर्छन् । जसका कारण उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्छ । बढी खानाले अनिन्द्राको समस्या, ग्यास्ट्रिकका साथै मानसिक समस्या समेत आउन सक्छन् ।

डिप्रेसन भएको बेला आवश्यकताभन्दा बढी खानेकुरा खाए शारीरिक समस्या आउँछन्, जसले झन् ठूलो समस्या निम्त्याउँछ । यसबाट बच्नका लागि अनावश्यक खानेकुरामा बन्देज लगाउनुपर्छ ।

मध्यपान नगर्नुस्-

मदिराको सेवन शरीरका लागि हरेक दृष्टिकोणबाट हानिकारक हुन्छ । डिप्रेसनको बेला मदिरा सेवन गर्दा समस्या थप बढाउँछ । मध्यपानको लतले शारीरिक क्षमताका साथै मानसिक क्षमता समेत कमजोर बनाउँछ ।

यस्तो बेला प्रशस्त मात्रामा पानी पिउने र झोलिलो पदार्थ खाने गर्नुपर्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा कायम रहिरहन्छ ।  यसका साथै फाइबर रिट डाइट पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

एक्लोपनबाट जोगिनुस्-

डिप्रेसनको लक्षण देखिए आफूलाई एक्लो राख्नु हुँदैन । एकान्तपन र कोठाबाट मुक्त गर्नुपर्छ । यस्तो बेला खुला हावा बहने स्थान, खुला वातावरण र साथीभाइसँग समय बिताउनुपर्छ ।

डिप्रेसनमा हुँदा मोबाइल, ल्यापटप तथा भिडियो गेमबाट समेत बच्नुपर्छ । यसको कारण तनाव बढ्न सक्छ । यस्तो बेला मुडी तथा दुःख लाग्ने संगीतबाट टाढा बसेर साथीभाइ तथा चिकित्सकको सल्लाह लिनुपर्छ ।

ओछ्यानमा पल्टिरहने बानी त्याग्नुस्-

डिप्रेसनमा हुँदा एक्लै ओछ्यानमा पल्टिरहने बानीले झन् समस्या ल्याउन सक्छ । यसबाट अनिद्राको समस्या बढ्छ । सुतिरहनु, पल्टिरहनुको सट्टा हिंडिरहनु पर्छ । साथै व्यायाम गर्ने, नाच्ने क्रियाकलापमा सहभागी हुनु यसबाट पार पाउने राम्रो विकल्प हुन्छ । यस्तो बेला सकेसम्म आफूलाई व्यस्त राख्नुपर्छ ।

सामाजिक सञ्जाल, भ्रामक खबर र नकारात्मक तथा दुःखद् घटना र विचारबाट टाढा रहनु पर्छ । यस्तो बेला आफूलाई अरुसँग तुलना गर्नु हुँदैन ।

चिकित्सकसँग सल्लाह लिनुस्-

डिप्रेसनको समस्या भएमा आफ्नो समस्यालाई नजरअन्दाज गर्नु हँुदैन । यसको लक्षण देखिएमा चिकित्सक तथा थेरापिस्टसँग सल्लाह लिनुपर्छ । आफू तथा अरुको बारे गहिरो चिन्तनमनन गर्न छोडेमा केही राहत पाइन्छ ।

डिप्रेसनबाट पार पाउन मनोविद् तथा चिकित्सकको परामर्श लिनुका साथै घरपरिवार आफन्त तथा साथीभाइसँग समय बिताउनुका साथै खुलेर कुरा गर्नुपर्छ ।

डिप्रेसनमा गएकाहरुले आशावादी भइरहनुपर्छ । मानिस कुनै न कुनै समय मानसिक तथा  डिप्रेसनको समस्याबाट गुज्रेको हुन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित