एनआरएनएमा यस्तो बन्यो नागरिकता निरन्तरता समिति, सोनाम लामासहितलाई सल्लाहकारको जिम्मेवारी

एनआरएनएमा यस्तो बन्यो नागरिकता निरन्तरता समिति, सोनाम लामासहितलाई  सल्लाहकारको जिम्मेवारी
तस्बिर : पूर्व उपाध्यक्ष सोनाम लामा
www.europenepalikhabar.com २०७९ साउन २३ गते सोमबार, 8-08-2022


लण्डन । गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामा संस्थापन पक्षले गठन गरेको नागरिकताको निरन्तरताको लागि गठित समितिको सल्लाहकारको रुपमा जिम्मेवारीमा फर्किएका छन् । 

संघको १० औं महाधिवेशनमा पूर्वअध्यक्ष शेष घले समूहले आयोजना गरेको महाधिवेशनमा सहभागी लामाले गैरआवासीय नेपाली संघ अन्तरर्गतको नागरिकताको निरन्तरताको लागि गठित समितिको सल्लाहकारको रुपमा जिम्मेवारी लिएका हुन् । 

 गैरआवासीय नेपाली संघले नेपाली निरन्तरताको लागि सरकारसँग लविङ गर्न छुट्टै कार्यदल गठन गरेको छ । सो समितिको सल्लाहकारमा कुल आचार्य, राम प्रताप थापा, सोनाम लामा, खगेन्द्र जिसी र क्याप्टेन हितमान गुरूङ रहेका छन् ।

नेपालको संबिधान २०७२ को धारा १४ मा “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने भन्ने व्यवस्थालाई पूर्णरुपमा कार्यन्वयन गर्न समितिले दवाव दिने बताएको छ ।

यस्तो छ कार्यदल :

अध्यक्ष – दुर्गा आचार्य – अष्ट्रेलिया

सदस्य सचिव – नारायण काफ्ले -अष्ट्रेलिया

सदस्य :

सोम सापकोटा – संयुक्त अधिराज्य

गंगाधर गौतम – बेल्जियम

ओम गुरुङ  – जापान

चिन्तामणि सापकोटा – स्पेन

बुद्धि सुवेदी – संयुक्तराज्य अमेरिका

नन्द गुरूङ  – अष्ट्रेलिया

शिवमणि भुर्त्याल – रसिया

डाल. रुद्र अर्याल – संयुक्त राज्य अमेरिका

आरके त्रिपाठी – संयुक्त अधिराज्य

गुणराज पौडेल – स्वीटजरल्याण्ड

वेद खरेल – संयुक्त राज्य अमेरिका

पशुपति भण्डारी – संयुक्त अधिराज्य

भक्त गुरूङ – संयुक्त अधिराज्य

शनिकुमार ओली – कतार

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित