एनआरएनए नर्वेको १४ औं साधारण सभा सम्पन्न

एनआरएनए नर्वेको १४ औं साधारण सभा सम्पन्न
www.europenepalikhabar.com २०७९ साउन ३० गते सोमबार, 15-08-2022


प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको १४ औ साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लोस्थित पुस्तकालयको हलमा सम्पन्न साधारणसभाको उद्घघाटन प्रोफेसर बिशाल कुमार सिटौला तथा एनआरएन नर्वेका अध्यक्ष जीबन बहादुर (प्रबिन) शाहीले पानसमा बत्ती बालेर संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

उद्घाटन र बन्दसत्र गरी २ चरणमा विभाजन गरिएको उक्त कार्यक्रम उद्घाटन (खुल्ला) सत्रमा एनआरएन अभियन्ता तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु डिलाराम चापागाई, मनोज अधिकारी, जितेन्द्र शाही, कमल घलान नेपलीज सोसाइटी इन त्रोनहेम, नारायण सिंह थापा, बिष्णु माया बीभु (अन्तराष्ट्रिय साहित्य समाज) नर्वे, एनआरएनए नर्वे क्षेत्रिय समितिका संयोजकहरु प्रो.डा. कृष्ण कान्त पंथी, दीपेन विष्ट र लक्ष्मण अर्याल, विधान कमिटीका संयोजक डा. कृष्ण अर्याल तथा अन्य एनआरएनए अभियन्ता हेम गुरुङ, पवित्र बस्नेत, प्रेम परियार, द्वारिका महर्जन, संजीव कुमार थापा, आईसीसी सदस्य राजु आर्याल, यूरोप युवा संयोजक किरण गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा प्रो. डा. विशाल कुमार सिटौलाले वार्षिक साधारणसभा पूर्ण सफलताको शुभकामना दिएका थिए ।

सोहि कार्यक्रममा प्रोफेसर डा. बिशाल सिटौलाको संसार पुस्तकको विमोचन गर्दै उनलाई सम्मान समेत गरिएको थियो ।

प्रथम चरण शुभकामना मन्तव्य पश्चात एनआरएनए एनसिसिले आयोजना गरेको विभिन्न कार्यक्रम तथा कला, संस्कृति र अन्य क्षेत्रमा रही एनआरएनए नर्वेलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने सबैप्रति सम्मान स्वरूप मायाको चिनो प्रमाणपत्र, फूल गुच्छा र खादा लगाई सम्मान गरिएको थियो ।

खुल्ला सत्रपछिको ओस्लो बाहिर क्षेत्रिय कमिटीलाई अनलाइनबाट सहभागी तथा पंजीकृत सदस्यहरुको उपस्थितिमा दोश्रो चरणको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन महासचिव बिष्णु गौतम र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अनुज उपाध्यायले प्रस्तुत गरेका थिए ।

आर्थिक प्रतिवेदनमाथि व्यापक छलफलपछि सर्वसम्मतिले पारित गरिएको थियो ।

त्यस्तै हलमा उपस्थित सदस्य र अनलाइनमार्फत् विधान संशोधन संयोजक डा. कृष्ण अर्याल, उपाध्यक्ष दीपेन बिष्ट, पवित्र बस्नेत, विधान कमिटीमा रहेका थिए ।

बिधानको बिषयलाई थपघट गरी मिलाउन द्वारिका महर्जन, जितेन्द्र बिक्रम शाही, गोरख चन्द, ईशवरी प्रसाद खनाल, राजु आर्याल, किरण गुरुङ, बिक्रम बस्नेत, अनुज उपाध्याय, प्रमुख संरक्षक संजीव कुमार थापा, राजन अधिकारी अनलाईनबाट क्षेत्रीय संयोजक, क्षेत्रीय उपाध्यक्ष र अन्य हलमा उपस्थित पत्रकार गणेश सुनार, प्रेम परियार र महासचिव बिष्णु गौतम, उपाध्यक्ष राजन अधिकारी, अंजन बास्तोला, बर्गेनबाट लक्ष्मण अर्यालले बिधानको बुँदागत बिषयमा अति सालिन तवरबाट केही हेरफेर र थप गर्ने गरी पारित गरिएको थियो ।

अन्त्यमा अध्यक्ष जीवन बहादुर शाही ( प्रबिन) ले साधारणसभा सफल पार्न सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित