यसरी मिल्यो एनआरएनए जापानको विवाद, यस्तो छ पाँच बुँदे सहमति

यसरी मिल्यो एनआरएनए जापानको विवाद, यस्तो छ पाँच बुँदे सहमति
www.europenepalikhabar.com २०७९ साउन ३१ गते मंगलबार, 16-08-2022


 गैर आवासीय नेपाली संघ जापानको विवाद मिलेको छ । एनआरएनए जापानको विवाद एक बर्षपछि अन्त्य गरिएको हो ।

एक वर्षदेखि जारी विवाद मंगलबार आइसिसीका तीनै जना अध्यक्षहरु कुल आचार्य, रबिना थापा र डा. बद्री केसी लगायत पदाधिकारीको समन्वयमा जापानका अध्यक्ष शिब प्रसाद पौडेल समूह र अनिता गुरुङ समूह बीच ५ बुँदे सहमतिसँगै अन्त्य गरिएको हो ।

सहमति अनुसार २०२१ जुलाई ३० मा सम्पन्न एनआरएनए जापानको निर्वाचनको विषयमा विवाद उत्पन्न भई अत्यन्तै विषम परिस्थिति सिर्जना भएको र निर्वाचनका सन्दर्भमा भएका बिभिन्न घटनाहरुद्वारा देश, विदेशमा रहनु भएका नेपालीहरुप्रति यस अवधिमा भएका असुविधा, अन्योलता एवं गैर आवासीय नेपाली संघमा पुग्न गएको अपूरणीय क्षति प्रति आत्मालोचना गर्दै यस अवधीमा भए गरेका सवै घटनाक्रमहरुमा भएका कमी कमजोरीहरुलाई आत्मसाथ गर्दै गत २०२१ जुलाई २९ तारिखको अवस्थामा फर्केर सोही जगमा टेकी वर्तमान अध्यक्ष  शिव प्रसाद पौडेलको कार्यसमितिलाई चयन गर्ने र अनिता गुरुङलाई उक्त कार्यसमितिको संरक्षक बनाइने भएको छ ।

त्यसैगरी अनिता गुरुङ समूहमा रहेका अन्य व्यक्तिहरुलाई आवश्यकता अनुसार सल्लाहकार एवं विभिन्न विभागहरुमा चयन गर्ने पनि सहमति भएको छ ।

सहमति अनुसार एनआरएनए जापानका आगामी कार्यकालको निर्वाचन सुव्यवस्थित गर्नको लागि अधिकार सम्पन्न अनुगमन समिति गठन गर्ने,  निष्पक्ष निर्वाचनको बिश्वसनीयता र सर्वस्वीकार्य हुने गरि सदस्यता बनाउने र एनआरएन आइसिसीले प्रयोगमा ल्याएको एमआइएस सिस्टम प्रयोगमा ल्याइनेछ ।

त्यस्तै, संघको खाता बाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने, विभिन्न बिभागलाई पूर्णता दिनको लागि उपमहासचिव ओम गुरूङको संयोजकत्वमा शिबप्रसाद पौडेल र अनिता गुरूङ सदस्य रहने गरि तीन सदस्य उपसमिति गठन गरि सो समितिको सिफारिसमा नव गठित कार्यसमितिलाई सेप्टेम्बर १५ सम्ममा एनआरएनएका संरक्षक भवन भट्टले सपथ ग्रहण गराउने पनि सहमति भएको छ ।

अनलाईन जुममा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य, रबिना थापा, बद्री केसीसहित महासचिव गौरी जोशी सहभागी हुनुहुन्थ्यो भने टोकियोमा रहनु भएका संरक्षक भवन भट्ट, उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरूङ, क्षेत्रीय संयोजक डिपी कंडेल, उपसंयोजक ददिवल खड्का एनआरएनएका अभियन्ता सालिकराम भन्डारी, बिजय थकाली, एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल, महासचिव सिद्धार्थ श्रेष्ठ, एनआरएनएका अभियन्ता अधिवक्ता डा.बलराम श्रेष्ठ, निबर्तमान कार्यवाहक अध्यक्ष अनिता गुरूङ, सरोज खत्री, बुद्धि घिमिरे लगायतको उपस्थितिमा उक्त सहमति भएको हो ।

यस्तो छ सहमति

१) मिति २०२१ जुलाई ३० मा सम्पन्न NRNA Japan को निर्वाचनको विषयमा विवाद उत्पन्न भै अत्यन्तै विषम परिस्थिति सिर्जना भएको र निर्वाचनका सन्दर्भमा भएका बिभिन्न घटनाहरु द्वारा देश, विदेशमा रहनु भएका नेपालीहरु प्रति यस अवधिमा भएका असुविधा, अन्योलता एवं गैरआवासीय नेपाली संघमा पुग्न गएको अपूर्णय क्षति प्रति आत्मालोचना गर्दै, यस अवधीमा भए गरेका सवै घटनाक्रम हरुमा भएका कमि कमजोरीहरुलाई आत्मसाथ गर्दै गत २०२१ जुलाई २९ तारिखको अवस्थामा फर्केर सोही जगमा टेकी नब गठित शिव प्रसाद पौडेलको कार्यसमितिलाई चयन गर्ने र अनिता गुरुङलाई उक्त कार्यसमितिको संरक्षक वनाउने। त्यसैगरी अनिता गुरुङ समूहमा रहनुभएका अन्य व्यक्तिहरुलाई आवस्यकता अनुशार सल्लाहकार एवं विभिन्न विभागहरुमा चयन गर्ने ।

२) एनआरएन जापानको आगामी २०२३-२०२५ कार्यकालको निष्पक्ष, धाँधली रहित निर्वाचन गर्नका लागि अधिकार सम्पन्न अनुगमन समिति, निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति लगायत अन्य आवश्यक समितिहरु गठन गर्ने ।

३) निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वासनियता र सर्वस्वीकार्यता हुनेगरी सदस्यता वनाउने । साथै NRNA ICC ले प्रयोगमा ल्याएको MIS System को विश्वासनियता र Personal Information Protection को प्रत्याभूतिको सुनिश्चितता गरी प्रयोगमा ल्याउने ।

४) संघको खाता वाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने ।

५) गैरआवासीय नेपाली संघको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा मनोयन गर्नका लागि ओम गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति देहायअनुसार गठन गर्ने ।

१. ओम गुरुङ (संयोजक)

२. शिवप्रसाद पौडेल (सदस्य)

३. अनिता गुरुङ (सदस्य)

यो ३ सदस्य समितीले तय गर्न नव गठित कार्य समितीको सम्पूर्ण नामावली र सेट्टेम्वर १५ सम्म संरक्षक भवन भट्टबाट सपथ ग्रहण गर्ने निर्णय गरियो ।

सहमति संयोजक

भबन भट्ट - संरक्षक एनआरएनए आईसिसी

साक्षिहरु-

१. महेश श्रेष्ठ -उपाध्यक्ष एनआरएनए आईसिसी

२. ओम गुरुङ -उप महासचिब एनआरएनए आईसिसी

३. डिपी कंडेल -एसिया संयोजक आइसीसी

४. ददिवाल खडका -क्षेत्रीय उप संयोजक

५. डा.बलराम श्रेष्ठ -सल्लाहकार

६. सरोज कुमारी खत्री -सल्लाहकार

७. विजय थकाली -एनबिए अध्यक्ष

८. बुद्दिराज घिमिरे -सल्लाहकार

९. शालिक राम भण्डारी-सचिब अध्यक्ष मण्डल

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित