गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको सम्मेलनको तयारी अन्तिम चरणमा

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको सम्मेलनको तयारी अन्तिम चरणमा
www.europenepalikhabar.com २०७९ असोज ५ गते बुधबार, 21-09-2022


पोर्चुगल, २१ सेप्टेम्बर । पार्टनरसीप इन एक्सन फर ट्रन्सफरमेसन’ भन्ने नाराका साथ आयोजना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । एनआरएनए यूरोप क्षेत्रले यही सेप्टेम्बर २४ र २५ तारिखमा स्विडेनको राजधानी शहर स्टकहोममा १४ औं युरोपेली क्षेत्रीय बैठक संगै युवा, १२ औं महिला तथा विज्ञ सम्मेलनको आयोजना गर्न लागेको हो । युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरिक तयारीहरु लगभग पुरा गरिसकेको जानकारी गराएको छ ।

‘गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखी लिएर हिडिरहेको कार्यदिशालाइ परिवर्तन नगरी रुपान्तरण गरेर अगाडि बढ्नु पर्ने चाहना यससंग आवद्ध सदस्यहरू र यससंग सहकार्यमा हातेमालो गरिरहेका निकायहरुमा रहेको हामीले महसुस गरेका छौ । सोही रुपान्तरणको दिशामा संघलाई लैजानका निमित्त यस सम्मेलनले मार्गचित्र कोर्ने हाम्रो विश्वास रहेको छ’, संयोजक तथा भेला आयोजना समितिका अध्यक्ष चिन्तामणी सापकोटा र सन्तोष भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसपटकको क्षेत्रीय भेलाका हरेक सत्रमा युवा र महिलाको सक्रिय भूमिका र सहभागिता खोज्नुका साथै कार्यक्रममा सबै विषयहरूको समस्या र समाधानको बारेमा छलफल गरी त्यसबाट आएको निस्कर्षलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न प्रयत्नशील रहने आयोजकले प्रतिबद्धता व्यक्त गरेका छन् । नारा जस्तै कामबाट पनि हामीले गैरआवासीय नेपाली हरुको भावानालाइ समेटने विश्वास लिएको आयोजकले जनाएका छन् ।

भेलालाई सफल तुल्याउनका निमित्त क्षेत्रीय पदाधिकारीहरुको बैठकले विभिन्न समिति, उपसमितिहरुको गठन संगसंगै भेलालाई उपलब्धिमूलक बनाउनका निमित्त सरोकार राख्ने व्यक्तिहरु तथा निकायहरुसंग छलफल गरेको बताइएको छ । भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजकद्वयको अध्यक्षतामा युरोप क्षेत्रका पदाधिकारीहरु, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरु, सम्बन्धित राष्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिवहरुलाई पदेन सदस्य, युरोप क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय पदाधिकारीहरुलाई समितिको पदेन सल्लाहकार राखी एक बृहत् आयोजक कमिटि गठन गरिएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी विगतको परम्परालाई निरन्तरता दिंदै आयोजक एनसीसी स्विडेनका अध्यक्ष राजकुमार पाठकलाई दिइएका छ ।

‘गैरआवासीय नेपाली संघको पछिल्लो कठिन परिवेशमा हाम्रा सामु थुप्रै चुनौतीका पहाडहरु छन् । एकातर्फ हाम्रा आफ्ना कार्यक्रमहरुको निरन्तरताका विषयहरु छन् भने अर्को तर्फ सामूहिक एकताको आवश्यकता पनि खटकिरहेको छ । संघले आजका दिनसम्म आर्जन गरेको विश्वासको वातावरणलाई जोगाउनुपर्ने आवश्यकता हाम्रो सामु छ । यस्तै चुनौतीहरुका चाङ्गको बावजुद गैरआवासीय नेपालीहरुको एकता र सहकार्य नै आजको आवश्यकता भएको हामीले महसुस गरेका छौं । यही आवश्यकतालाई सम्बोधन गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने कुरामा कुनै शंका नभएको समग्र गैरआवासीय नेपालीहरुको बुझाई छ’, विज्ञप्तिमा छ ।

विज्ञप्तिमा गैरआवासीय नेपाली संघ नेपाल सरकारको सच्चा साझेदार हो भने नेपाल र नेपालीहरूको विश्वास प्राप्त संस्था पनि हो । हामी हाम्रा सबै गतिविधि र कार्यक्रममा सबै निकाय संस्था र सरोकारवालाहरूसंग परिणाममुखी सहकार्य गर्न चाहेको उल्लेख छ । ‘हाम्रा गतिविधिहरू रूपान्तरणको निम्ति केन्द्रित गर्न चाहन्छौं । कार्यक्रमको सफलतामा यहाँहरूको सकारात्मक भूमिका संगै सहकार्यको अपेक्षा गर्दछौं । साथै, यही सप्ताहन्तमा स्विडेन मा भेट्ने विश्वास पनि लिएका छौं’, संयोजक तथा भेला आयोजना समितिका अध्यक्ष चिन्तामणी सापकोटा र सन्तोष भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति                                                             “Partnership in Action,...for Transformation” भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ युरोप क्षेत्रले यही  सेप्टेम्बर २४ र २५ तारिखमा स्विडेनको राजधानी शहर स्टकहोममा १४ औं युरोपेली क्षेत्रीय बैठक संगै युवा, १२ औं महिला तथा विज्ञ सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउन चाहन्छौ । युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरिक तयारीहरु लगभग पुरा गरिसकेको व्यहोरा समेत जानकारी गराउन चाहन्छौ ।  

 गैरआवासीय  नेपाली संघले आफ्नो स्थापना कालदेखी लिएर हिडिरहेको  कार्यदिशालाइ  परिवर्तन नगरी  रुपान्तरण गरेर अगाडी बढ्नु पर्ने चाहना यससंग आवद्ध सदस्यहरू र  यससंग  सहकार्यमा हातेमालो गरिरहेका निकायहरुमा रहेको हामीले महसुस गरेका छौ। सोही  रुपान्तरणको दिशामा संघलाई लैजानका निमित्त यस सम्मेलनले मार्गचित्र कोर्ने हाम्रो विश्वास  रहेको छ ।

हामीले यस पटकको क्षेत्रीय भेलाका हरेक सत्रमा युवा र महिलाको सक्रिय भूमिका र सहभागिता खोज्नुका साथै कार्यक्रममा सबै विषयहरूको समस्या र समाधानको बारेमा छलफल गरी  त्यसबाट आएको निस्कर्षलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न प्रयत्नशील रहने  छौं । हाम्रो विश्वास छ, नारा जस्तै कामबाट पनि हामीले गैरआवासीय नेपाली हरुको भावानालाइ समेटने छौ। 

भेलालाई सफल तुल्याउनका निमित्त क्षेत्रीय पदाधिकारीहरुको बैठकले  विभिन्न समिति, उपसमितिहरुको गठन संगसंगै भेलालाई उपलब्धिमूलक बनाउनका निमित्त सरोकार राख्ने व्यक्तिहरु तथा निकायहरुसंग छलफल गरेको थियो । भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजकद्वयको अध्यक्षतामा युरोप क्षेत्रका पदाधिकारीहरु, युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरु, सम्बन्धित राष्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिवहरुलाई पदेन सदस्य, युरोप क्षेत्रमा रहनुभएका अन्तर्राष्ट्रिय पदाधिकारीहरुलाई समितिको पदेन सल्लाहकार राखी एक बृहत् आयोजक कमिटि गठन गरेका  छौं ।  समितिको सदस्य सचिवको जिम्मेवारी विगतको परम्परालाई  निरन्तरता दिंदै  आयोजक एनसीसी स्विडेनका  अध्यक्ष राजकुमार पाठकलाई  दिइएको पनि जानकारी गराउन चाहन्छौं।

गैरआवासीय  नेपाली संघको पछिल्लो कठिन  परिवेशमा हाम्रा सामु थुप्रै  चुनौतीका पहाडहरु छन् । एकातर्फ हाम्रा आफ्ना कार्यक्रमहरुको निरन्तरताका विषयहरु छन् भने अर्को तर्फ सामूहिक एकताको आवश्यकता  पनि  खटकिरहेको छ।  संघले आजका दिनसम्म आर्जन गरेको विश्वासको वातावरणलाई  जोगाउनुपर्ने आवश्यकता  हाम्रो सामु छ।  यस्तै  चुनौतीहरुका चाङ्गको बावजुद गैरआवासीय नेपालीहरुको एकता र सहकार्य नै आजको आवश्यकता भएको हामीले महसुस गरेका छौं। यही आवश्यकतालाई सम्बोधन गर्नु  हामी सबैको जिम्मेवारी हो भन्ने कुरामा कुनै शंका नभएको समग्र गैरआवासीय नेपालीहरुको बुझाई छ।

गैरआवासीय  नेपाली संघ नेपाल सरकारको सच्चा साझेदार हो भने नेपाल र नेपालीहरूको विश्वास प्राप्त संस्था पनि हो । हामी हाम्रा सबै गतिविधि र कार्यक्रममा सबै निकाय संस्था र सरोकारवालाहरूसंग परिणाममुखी सहकार्य गर्न चाहन्छौं। हाम्रा गतिविधिहरू रूपान्तरणको निम्ति केन्द्रित गर्न चाहन्छौं। कार्यक्रमको सफलतामा यहाँहरूको सकारात्मक भूमिका संगै  सहकार्यको अपेक्षा गर्दछौं। साथै, यही सप्ताहन्तमा स्विडेन मा भेट्ने विश्वास पनि लिएका छौं। 

हार्दिक धन्यवाद।

संयोजक तथा भेला आयोजना समितिको अध्यक्ष

सन्तोष भट्टराई

युरोप क्षेत्र

संयोजक तथा भेला आयोजना समितिको अध्यक्ष

चिन्तामणी  सापकोटा

युरोप क्षेत्र

मिति: २१ सेप्टेम्बर २०२२

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित