एनआरएनए केन्द्रीय कार्यालयमा अब २४ सैं घण्टा टेलिफोन सेवा

एनआरएनए केन्द्रीय कार्यालयमा अब २४ सैं घण्टा टेलिफोन सेवा
www.europenepalikhabar.com २०७९ मंसीर २ गते शुक्रबार, 18-11-2022


युरोपनेपाली खबर । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालयमा चौबिसै घण्टा टेलिफोन सेवाको सुरुवात गरिएको छ । संघले शुक्रवारदेखि सो सेवाको सुरु गरेको हो ।

संघका अनुसार वैदेशिक रोजगारीमा अलपत्र परेर, विदेशमा घरयासी हिंसामा परेका महिलालगायत अति आवश्यक सहयोग चाहिएमा संघको काठमाण्डौंस्थित केन्द्रीय कार्यालयमा रहेको ००९७७–४४११५३० नम्बरमा फोन गरेर आफ्नो समस्या टिपाउन सकिने छ ।

कार्यालय समयभित्र संघको कार्यालयमा कार्यरत कर्मचारीहरुले टेलिफोन सेवा दिने छन् भने कार्यालय समय सकिएपछि पनि सो नम्बरमा प्राप्त सूचनालाई टिपेर राखिने छ र अर्को दिन सचिवालयमार्फत समस्याको समाधान खोजिने छ ।

कार्यालय समय अघिपछि र सार्वजनिक विदाको दिनमा पनि आफ्ना जानकारी टिपाउन सकिने गैरआवासीय नेपाली संघले जनाएको छ । यसअघि संघले कोरोना महामारीको समयमा अस्थायी रुपमा टेलिफोन सेवाको सुरुआवात गरे पनि स्थायी रुपमा पहिलो पटक संघको केन्द्रीय कार्यालयमा सो सेवा सुरु भएको हो ।

टेलिफोन सेवाबाट विदेशस्थित बिभिन्न शहरमा अप्ठ्यारोमा परेका श्रमिक, बिद्यार्थी, महिलालगायत लाभान्दित हुने अपेक्षा गरिएको छ । सो सेवाबाट गैरआवासीय नेपाली परिचयपत्र, एनआरएनए ऐन सम्बन्धी कानुनी सुझाव तथा सल्लाह समेत लिन सकिने बताइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित