पोर्चुगलमा नेपाली व्यवसायी भक्तराज गुरुङको असामयिक निधन

पोर्चुगलमा नेपाली व्यवसायी भक्तराज गुरुङको असामयिक निधन
स्वर्गीय भक्तराज गुरुङ
www.europenepalikhabar.com २०७९ मंसीर १० गते शनिबार, 26-11-2022


लिस्वन । युरोपियन मुलुक पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका एक नेपालीको निधन भएको छ । लमजुङस्थित दोर्दी गाउँपालिका वडा नं ९ हिलेटक्सारका भक्तराज गुरुङको अल्पायूमै निधन भएको हो ।

विगत पाँचदेखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएका गुरुङको शनिबार बिहान अस्पतालमा निधन भएको लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए । शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किएका गुरुङको एक्कासी टाउको दुखेपछि परिवार, साथीभाई र आपत्तकालिन सेवाका डाक्टरको सहायताबाट थप उपचारका लागि अस्पताल लगिएको परिवारले जनाएको छ । ‘उहाँलाई एक्कासी टाउको दुखेपछि हामीले एम्बुलेन्स बोलायौं । एकछिन डाक्टरको टोलीले उपचार ग¥यो, तर संभव नभएपछि थप उपचारका लागि मार्टिममुनिजस्थित साओजोसे अस्पतालमा लगियो ।’ परिवारका एक सदस्यले भने, ‘तर केहीछिनमै हामीले उहाँको निधन भएको खबर पायौं ।’ लोकेन्द्र र स्वर्गिय भक्तराजबीच पारिवारिक सम्बन्ध भएकै कारण उनिहरुले संयुक्त लगानीमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए ।

गुरुङ उच्च रक्तचापको बिरामी थिए । सामाजिक कार्यको भावनाबाट ओतप्रोत उनको सरलता र सादगीले लमजुङेमात्रै नभई अन्य जिल्लाका नागरिकहरु पनि प्रभावित थिए । परिवारका साथ बस्दै आएका ४३ बर्षिय गुरुङ विगत ९ बर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । गुरुङको निधनले सिंगो नेपाली समाज, लमजुङ समाज पोर्चुगल स्तब्ध बनेको छ । प्रक्रिया पुर्याएर उनको शव नेपाल पठाइने गैर आवासीय नेपाली संघ पोर्चुगलका कार्यबाहक अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित