डेनमार्क । नेकपा(एमाले)का केन्द्रीय सचिव, ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराई डेनमार्क आउने भएका छन् ।
प्रवासी नेपाली मंच डेनमार्कका उपाध्यक्ष अमृत रिजालका अनुसार भट्टराई भोलि कोपनहेगन आइपुग्ने र २८ जुन शनिबार मंचले विशेष अन्तरक्रिया राखेको जानकारी दिए ।
हेर्नुहोस् प्रवासी नेपाली मंच डेनमार्कको सूचना !
आदरणीय डेनमार्कवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार,
नेकपा(एमाले)का केन्द्रीय सचिव, प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय कमरेड योगेश भट्टराईज्यूको डेनमार्क आगमनको सन्दर्भमा, आगामी जुन २८ शनिबार प्रवासी नेपाली मंच डेनमार्क द्वारा आयोजीत “स्वागत, भेटघाट तथा अन्तर्कृया” कार्यक्रममा प्रवासी नेपाली मंच, डेनमार्कका संपुर्ण कमरेडहरु, समर्थक, शुभचिन्तक, शुभेच्छुकहरू तथा डेनमार्क को समाज मा कृयासिल संपुर्ण संघ संस्था र संपुर्ण डेनमार्क बासी नेपाली दादुभाई दिदी बहिनी हरु लाई उपस्थितिको लागी हार्दीक निमन्त्रणा गर्दछौं।
स्थान : Rentemestervej 67D, 2400 København
समय: दिनको ३:३० बजे
आयोजक ,
प्रवासी नेपाली मंच, डेनमार्क
FOUNDER/CHIEF EDITOR :