त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई आफूहरुले रोकेको नेपाली सेनाले जनाएको छ ।
जेन-जी आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहायक रथी मनोज थापाले यसबारे खुलाएका हुन् । 'विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर आएकाहरूलाई हामीले रोक्यौं,' उनले भने, 'विमानस्थल बन्द भएको भए अन्तराष्ट्रिय स्तरमै नेपालको छवि धुमिल हुने थियो ।'
यस्तै, आन्दोलनबाट सिर्जित अवस्थाका कारण ९ सय ७८ हातहतियार लुटिएको सेनाले जनाएको छ । लुटिएका मध्ये ५ सय ८६ हतियार मात्र बरामद र फिर्ता भएका छन् ।
यस्तै १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका छन् ।
२४ गतेको तोडफोड र आगजनीमा सबैभन्दा धेरै ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सेनाका अनुसार ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी निवास, १ सय ९८ राजनीतिक दलका कार्यालय र १ सय २८ वटा व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनीमा परेका छन् ।
भदौ २४ गते जेन-जी आन्दोलन विस्फोटक मोडमा पुगेका नेपाली सेनाले हेलिकप्टरबाट नेतासहितका ६१ जना भीआईपीको उद्धार गरेको जनाएको छ ।
नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते मन्त्रीहरूको सरकारी निवास भैंसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवाससहितका स्थानबाट ६१ जना विशिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको जनाएको छ ।
सेनाले भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा खटिएका र विभिन्न चौकीमा आक्रमणपछि ज्यान जोखिममा परेका २३ जना प्रहरीको पनि हेलिकप्टरबाट उद्धार गरिएको जानकारी सहायक रथी राजाराम बस्नेतले दिएका हुन् ।
सेनाका मुख्य चार काम
सेनाले भदौ २४ गते राति १० बजे सडकमा निस्किएपछि मुख्य चार काम गरेको जनाएको छ। जसमा तोडफोड र आगजनी ६ देखि ८ घण्टामा नियन्त्रण गरेको दाबी सेनाको छ ।
चार काम
आगजनी, तोडफोड र अराजक गतिविधि लाई ६ देखि ८ घण्टाको तैनाथीमा नियन्त्रण ।
अति विशिष्ट तथा विशिष्ट व्यक्ति र परिवारहरुको सकुशल उद्धार ।
अत्यावश्यक सेवा तथा बस्तुहरुको प्रवाहमा महत्त्वपूर्ण योगदान तथा सहयोग ।
राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थमन्त्रालयको डाटा सेन्टरको आगजनीबाट सुरक्षा
जेन–जी आन्दोलनको विध्वंश सेनाले देखायो क्षतिको अत्यासलाग्दो
नेपाली सेनाले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देशभरका ६ सय ६८ वटा सरकारी कार्यालयमा तोडफोड भएको विवरण सार्वजनिक गरेको छ।
भदौ २४ गते देशभरका सरकारी कार्यालयमा आगजनी भइसकेपछि राति १० बजेदेखि सडकमा निस्किएको सेनाले झन्डै डेढ महिनापछि आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।
नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते जेन–जीका नाममा देशभर भएका आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको जनाएको छ।
सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।
सहायक रथी बस्नेतले सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर ४५४ स्थानमा आन्दोलन भएको थियो ।
त्यस क्रममा ७८ जनाको ज्यान गएको पनि बस्नेतले खुलाए। मृतकमध्ये २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र ४३ जना अन्य नागरिक रहेको विवरण सेनाले सार्वजनिक गरेको छ।
त्यसैगरी भदौ २४ गते जेन-जीको आन्दोलनका क्रममा देशभरका कारागारबाट १५ हजार ८५८ जना कैदी बन्दी फरार भएको पनि जनाएको छ । तीमध्ये अहिलेसम्म ६ हजार ७२१ जना पक्राउ वा फिर्ता भएको बस्नेतले बताए ।
आन्दोलनका क्रममा ५७८ जना घाइते भएको पनि सेनाले जनाएको छ । घाइतेमध्ये ५८६ जना सामान्य चोटपटक भएका रहेको सेनाले जनाएको छ ।
सेनाका अनुसार जेन-जी आन्दोलनका क्रममा ६ सय ६८ वटा सरकारी कार्यालय आगजनी र तोडफो गरेर क्षतिग्रस्त पारिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता र उच्च तहका व्यक्तिका २ सय ३५ निजी निवासमा आगजनी र तोडफोड भएको विवरण सेनाले सार्वजनिक गरेको छ।
सेनाका अनुसार १९८ व्यावसायिक प्रतिष्ठानमा आगजनी र आक्रमण भएको छ । त्यसैगरी राजनीतिक दलका १८८ कार्यालयमा आगजनी र तोडफो भएको छ । आन्दोलनकारीले ३ सय ७० वटा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको विवरण सेनाले सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा सेनाले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा भएको क्षतिको विवरण पनि सार्वजनिक गरेको छ। पुनश्च: यी सबै क्षति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर भागिसकेपछि भदौ २४ गते राति १० बजे सेना सडकमा निस्किनु भन्दा अघि नै भएका हुन् ।
FOUNDER/CHIEF EDITOR :