प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षले एमाले केन्द्रीय कमिटी बैठकमा पदेन सदस्यका रूपमा सहभागी हुन पाउने

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षले एमाले केन्द्रीय कमिटी बैठकमा पदेन सदस्यका रूपमा सहभागी हुन पाउने
मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष प्रभुराम थापा
www.europenepalikhabar.com २०८३ मंसीर १ गते, मंगलबार, 17-11-2026


१७ नोभेम्बर,लिस्बन, पोर्चुगल । नेकपा (एमाले) को आगामी मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी (केक) बैठकमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षले पदेन केन्द्रीय कमिटी सदस्यको हैसियतमा सहभागी हुन पाउने व्यवस्था भएको छ।

प्राप्त जानकारीअनुसार, पार्टीको केन्द्रीय कमिटी बैठकमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षलाई पदेन सदस्यका रूपमा सहभागी गराउने व्यवस्था गरिएको हो। यसलाई प्रवासमा रहेका नेपालीहरूको राजनीतिक प्रतिनिधित्व र संगठनको संस्थागत पहिचानका दृष्टिले सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

मञ्चको केही समय अघि सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा प्रभुराम थापालाई  निर्वाचित भएका छन् ।

यस उपलब्धिले सक्षम, योग्य र दूरदर्शी नेतृत्वको सक्रियता, पहल तथा निरन्तर प्रयासबाट संगठनको भूमिका, पद, मर्यादा र अधिकार स्थापित गर्न सकिने सन्देश दिएको छ। नेतृत्वको इच्छाशक्ति, कार्यक्षमता र प्रभावकारी समन्वयले संस्थागत अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने यसले पुष्टि गरेको छ।

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको यो उपलब्धिले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूको राजनीतिक तथा सांगठनिक प्रतिनिधित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस सकारात्मक उपलब्धिका लागि सम्बन्धित नेतृत्व तथा सम्पूर्ण प्रवासी नेपाली मञ्च परिवारलाई हार्दिक बधाई तथा आगामी दिनमा थप सफलता र उपलब्धिका लागि शुभकामना व्यक्त गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित