जिफन्टद्वारा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सम्मान

जिफन्टद्वारा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सम्मान
www.europenepalikhabar.com २०८३ कार्तिक २८ गते, शनिबार, 14-11-2026


युरोपनेपाली खबर, पोर्चुगल । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष प्रभुराम थापा, सचिव रामशरण सिम्खडासहित सम्पूर्ण पदाधिकारी तथा नेतृत्वलाई बधाई तथा सम्मान व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष थापा, सचिव सिम्खडासहितका पदाधिकारीहरूले आफ्ना पूर्व सहकर्मी तथा जिफन्टका पूर्व अध्यक्ष नेतृत्वकर्ता विष्णु रिमालको हातबाट बधाई तथा सम्मान ग्रहण गरेका हुन्।

जिफन्टले काठमाडौंस्थित राष्ट्रिय श्रम प्रतिष्ठान (National Labour Academy) मा एक समारोह आयोजना गरी आफ्ना पूर्व सहकर्मी तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा निर्वाचित नेतृत्वलाई सम्मान गरेको हो।

समारोहमा जिफन्टका अध्यक्ष तथा नेताहरू, श्रमिक आन्दोलनसँग आबद्ध व्यक्तित्वहरू र प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै आगामी दिनमा प्रवासमा रहेका नेपाली श्रमिकहरूको हक, अधिकार, सुरक्षा तथा सम्मानका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

जिफन्टसँगको लामो सहकार्य र श्रमिक आन्दोलनको अनुभव बोकेका प्रभु राम थापाको नेतृत्वमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रवासमा रहेका नेपालीहरूको हकहित, श्रमिक अधिकार तथा नेपालको समृद्धिका पक्षमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उक्त सम्मान कार्यक्रमले जिफन्ट र प्रवासी नेपाली मञ्चबीचको ऐतिहासिक सम्बन्ध, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित