• राजकुमार थापा, लिस्बन, पोर्चुगल ।
६ नोभेम्बर । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन प्रभुराम थापाको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा टकबहादुर गुरुङ, सचिवमा रामशरण सिंखडा र उपसचिवद्वयमा कृष्णप्रसाद लामिछाने र ज्योती शर्मा निर्वाचित हुनुभएको छ ।
कमिटीको सदस्यहरूमा कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ्ग, तेजबहादुर कटवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, इन्दिरा कटवाल, रश्मि राई (गुराँस), इन्द्रप्रसाद ओली, गोविन्दप्रसाद पौडेल, चन्द्रकान्त आचार्य, टिकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, चन्द्राकुमारी गुरुङ्ग र सरस्वती केसी, प्रकाश बस्नेत, रमेश प्रसाद धिताल, कुन्ती थापा, अनित थपलिया, बसन्त राई, रामचन्द्र लोप्चन, डा. सन्जु कुमारी पौडेल, केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह, सीता केसी थापा निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा अधिवेशन सम्पन्न गर्न गठित अध्यक्षमण्डलद्वारा आयोजित कार्यक्रममा कमिटीका नवनिर्वाचित अध्यक्ष प्रभुराम थापाले नयाँ कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै अध्यक्षमण्डलद्वारा बधाई तथा कार्यकाल सफलताको शुभकामनासँगै अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्षमण्डलका अध्यक्ष नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले नवनिर्वाचित कमिटीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
उहाँले प्रवासी नेपालीहरुका समस्या समाधानका साथै मञ्चका निश्चित एजेण्डासँगै पार्टीलाई सफल बनाउन प्रवासी नेपाली मञ्चको महत्वपूर्ण भूमिका हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
उपमहासचिव भट्टले विभिन्न मुलुकमा लाखौंको सङ्ख्यामा रहेका युवालाई मञ्चमा आवद्ध गरी संगठन सुदृढ र विस्तारमा सफलता मिलोस् भनी शुभकामना दिनुभयो ।
कार्यक्रम सञ्चालन गर्नुभएका पार्टीका सचिव, संगठन विभाग प्रमुख तथा अध्यक्षमण्डलका सदस्य भानुभक्त ढकालले पनि नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो भने केन्द्रीय सदस्य तथा मञ्चका पूर्व अध्यक्ष संजय थापाले पनि शुभकामना दिनुभएको थियो । त्यसैगरी, नवनिर्वाचित अध्यक्ष प्रभुराम थापा प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो भने निवर्तमान अध्यक्ष रमेश पाण्डेले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै मञ्चका सल्लाहकार भक्त गुरुङले अधिवेशनले पारित गरेका समसामयिक प्रस्ताव पढेर सुनाउनुभएको थियो ।
FOUNDER/CHIEF EDITOR :