युरोपबाट सञ्चालित अनलाइन डिजिटल पत्रिका 'युरोपाटी डटकम' (EuroPati Media Network) स्थापनाको सफल तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। द्रुत गतिमा विकसित भइरहेको डिजिटल युग र पाठकहरूको मागलाई सम्बोधन गर्दै पत्रिकाले आजदेखि आफ्नो यात्राको अर्को नयाँ बर्ष सुरु गरेको हो ।
प्रधानसम्पादक तथा संचालक पुस्तक रेग्मी भन्छन् "हामी छोटो समयमै अनलाइन पत्रकारिताको भीडमा छुट्टै पहिचान बनाउन सफल भएको र पत्रिकाले यस अवधिमा प्राप्त ख्याति र पाठकहरूको विश्वास नै आफ्नो मुख्य सम्पत्ति भएको छ। ३ वर्षको यात्रालाई अनुभव र सिकाइको ठूलो पूँजीका रूपमा लिँदै युरोपाटीले आगामी दिनमा थप स्पष्ट योजना र नीतिका साथ अघि बढ्ने प्रण गरेका छौं ।"
वार्षिकोत्सवका अवसरमा युरोपाटी मिडिया नेटवर्कले निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भीक समाचार सामग्री प्रवाह गर्ने आफ्नो मूल दायित्वबाट कहिल्यै विचलित नहुने पुन: बाचा गरेको छ।
"हामी कुनै पनि दलगत आस्था, विचार वा निहित स्वार्थको प्रभावमा छैनाैँ र रहने पनि छैनौँ। लोकतान्त्रिक मूल्य-मान्यता, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता हाम्रो आत्मा हो," संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "हामी केवल व्यावसायिक फाइदाका लागि नभई समाज र समुदायमा सही सूचना पुर्याएर सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अगाडि बढेका हौँ।"
FOUNDER/CHIEF EDITOR :