दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनए टोली सहभागी हुँदै, खेलाडीलाई हौसला दिन उपस्थितिका लागि युवा उपाध्यक्षको आह्वान

दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनए टोली सहभागी हुँदै, खेलाडीलाई हौसला दिन उपस्थितिका लागि युवा उपाध्यक्षको आह्वान
एनआरएनए युवा उपाध्यक्ष भीमसेन थापा
www.europenepalikhabar.com २०८३ मंसीर ६ गते, आइतबार, 22-11-2026


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गतको NRNA Sports Academy को समन्वयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०२६ मा NRNA टोली सहभागी हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी डिसेम्बर २ देखि १५ सम्म कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न देशमा रहेका नेपाली खेलाडीहरूको प्रतिनिधित्व गर्दै NRNA टोली सहभागी हुन लागेको हो।

NRNA Sports Academy का अध्यक्ष तथा गैरआवासीय नेपाली संघ आइसीसीका युवा उपाध्यक्ष भीमसेन थापाले प्रतियोगितामा NRNA टोलीको सहभागितालाई सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का पदाधिकारी तथा सदस्यहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद् (NCC) का पदाधिकारी, खेलाडी, खेलप्रेमी, सामाजिक अभियन्ता तथा गैरआवासीय नेपाली समुदायलाई प्रतियोगितास्थलमा उपस्थितिका लागि निमन्त्रणा र आह्वान गरेका छन्।

थापाले विश्वका विभिन्न देशमा रहेका नेपाली खेलाडीहरूको प्रतिभा, क्षमता र खेलकौशललाई नेपालको राष्ट्रिय खेलकुदसँग जोड्ने यस महत्वपूर्ण अवसरमा सबैको साथ, सहयोग र उत्साहजनक सहभागिताका लागि आग्रह गरेका छन्।

खेलकुदले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध बनाउनुका साथै खेलाडीहरूको मनोबल बढाउन र नेपालको राष्ट्रिय गौरव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई उत्साह र प्रेरणा प्रदान गर्न सबैलाई हातेमालो गर्न आह्वान गरेका छन्।

NRNA टोलीको सहभागितालाई विदेशमा रहेका नेपाली खेलाडीहरूको प्रतिभा पहिचान, प्रोत्साहन तथा नेपालको राष्ट्रिय खेलकुदसँग उनीहरूको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित