पोर्चुगलको राहदानी र आवासीय अनुमति पत्र सामाजिक सञ्जालमा प्रदर्शन नगर्न नेपाली दूतावासको आग्रह

पोर्चुगलको राहदानी र आवासीय अनुमति पत्र सामाजिक सञ्जालमा प्रदर्शन नगर्न नेपाली दूतावासको आग्रह
www.europenepalikhabar.com २०८३ मंसीर ८ गते, मंगलबार, 24-11-2026


लिस्बन, पोर्चुगल । पोर्चुगलको राहदानी (Passport) तथा आवासीय अनुमति पत्र (Temporary Resident Permit) प्राप्त गरेपछि ती दस्तावेज सामाजिक सञ्जालमा प्रदर्शन गर्ने प्रवृत्तिप्रति नेपाली राजदूतावास लिस्बनले ध्यानाकर्षण गराएको छ।

दूतावासले मंगलबार, २४ नोभेम्बर २०२६ मा जारी गरेको सूचनामार्फत पछिल्ला दिनहरूमा केही नेपालीले पोर्चुगलको राहदानी तथा आवासीय अनुमति पत्र प्राप्त गरेपछि टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरेको पाइएको जनाएको छ।

राहदानी तथा आवासीय अनुमति पत्र संवेदनशील र राज्यका तर्फबाट उपलब्ध गराइने महत्वपूर्ण आधिकारिक दस्तावेज भएको उल्लेख गर्दै दूतावासले यस्ता दस्तावेजको भद्दा प्रदर्शन अशोभनीय हुनुका साथै कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने स्पष्ट पारेको छ।

दस्तावेजको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा राहदानी तथा आवासीय अनुमति पत्र प्रदर्शन गर्ने कार्य नगर्न दूतावासले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।

नेपाली राजदूतावास, लिस्बनले जारी गरेको सूचनामा यस्ता महत्वपूर्ण आधिकारिक कागजातको सार्वजनिक प्रदर्शन नगर्न सबै नेपालीलाई सचेत गराएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित