नेपाली नोटमा नेपाल संवत् समावेश हुने

नेपाली नोटमा नेपाल संवत् समावेश हुने
www.europenepalikhabar.com २०८२ कार्तिक २ गते आइतबार, 19-10-2025


यो वर्षदेखि नेपाली नोटमा नेपाल संवत्को मिति राखिने भएको छ।

शंखधर साख्वा प्रतिष्ठान भक्तपुरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीले शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा यो कुरा औपचारिक घोषणा हुने जानकारी दिइएको हो।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफलमा यो विषयमा सहमति भएको र बुधबार औपचारिक घोषणा हुने बताए। उनले भने, ‘नेपाल संवत् नेवारको मात्र होइन, सिंगो नेपाल र सबै नेपालीको आफ्नै मौलिक संवत् हो। यसबारे प्रधानमन्त्रीसँग छलफल भयो र बुधबारको कार्यक्रममा घोषणा गर्ने तयारी छ।’

अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिन बुधबार प्रधानमन्त्री कार्कीबाट कार्यक्रमको उद्घाटन भई शंखधर साख्वाको शालिकमा माल्यार्पण हुने बताए।

प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। उनले देश र विदेशमा शंखधर साख्वाको योगदान, नेपाल संवत्को महत्व र यसलाई कार्यान्वयनमा ल्याउन पहल भइरहेको र देश तथा विदेशका विभिन्न ठाउँमा शंखधर साख्वाको शालिक स्थापना गर्ने काम भइरहेको बताए। रासस

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित