आप्रवासी नेपाली श्रमिक र कामदारहरुको बारेमा पोर्चुगलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आप्रवासी नेपाली श्रमिक र कामदारहरुको बारेमा पोर्चुगलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
www.europenepalikhabar.com २०८२ फागुन १२ गते मंगलबार, 23-02-2026


युरोपनेपाली खबर, लिस्बन (पोर्चुगल) । नेप्लीज् वुमन एसोसिएसन पोर्चुगलको आयोजनामा पोचुगलका आप्रवासी नेपाली श्रमिक र कामदारहरुको बारेमा २३ फेब्रुअरी सोमबार  विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एसोसिएसनकी अध्यक्ष गिता रेउलेको सभापतित्व, महासचिव सरस्वती गौतमको संचालन र वरिष्ठ उपाध्यक्ष कला पङ्गेनीको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा युकेस्थित कोभेन्ट्री विश्वविद्यालय (CU) मा शान्ति तथा सुरक्षा केन्द्रकी प्रोफेसर क्याथरिन जोन्स, नेपाल सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थान (NISER) का निर्देशक डा. अनिता घिमिरे, EVI MIG project कि सल्लाहकार डा. मीना पौडेल लगायतले कार्यक्रमको उदेश्य, महत्त्व र उपादेयता बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रमबाट प्रवासमा रहेका आप्रवासी नेपाली श्रमिक र कामदारहरुको विविध पक्षका बारेमा अध्ययन, अनुसन्धान गरी नीति निर्माण तहमा प्रतिवेदन दिने उदेश्य रहेको प्रोफेसर क्याथरिन जोन्सले जानकारी दिएकी थिइन् ।

उक्त कार्यक्रममा पोर्चुगलस्थिति विभिन्न क्षेत्रका श्रमिकहरुले आफ्ना समस्या र समाधानका उपायहरुको बारेमा बताएका थिए । एनआरएनए युरोप क्षेत्रमा उपसंयोजक रोबोट लिम्बू,आइसीसी सदस्य राजकुमार थापा, एनसीसी पोर्चुगल पूर्व अध्यक्ष रविन अधिकारी, वर्तमान वरिष्ठ उपाध्यक्ष सुरज बिष्ट, उपाध्यक्ष नृपेश गिरी, प्रवासी नेपाली मंच पोर्चुगलका सचिव नवीन थापा,जनसम्पर्क समितिका महामन्त्री अर्जुन अर्याल, स्याङ्जा समाजका अध्यक्ष विपीन अर्याल, ठकुरी समाजका अध्यक्ष सज्जन हमाल, प्रविधि क्षेत्रमा कार्यरत श्रेया निरौला, ब्रम्हाकुमारी राजयोगकी प्रतिनिधि शान्ता थापा, एसोसिएसनकी पूर्व कोषाध्यक्ष देवी घिमिरे लगायत विभिन्न क्षेत्रका सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम अतिथिको रूपमा उपस्थित रहनु भएका प्रोफेसर क्याथरिन जोन्स, डा. मीना पौडेल, डा. अनिता घिमिरेलाई संस्थाको तर्फबाट सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित