युरोपनेपाली खबर ।
लिस्बन (पोर्चुगल) । पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा संस्था नेप्लीज् वुमन एसोसियसन पोर्चुगलको पाँचौं अधिवेशन फेब्रुअरी १ तारिख आइतबार सम्पन्न भएको छ । अधिवेशन नेपाली राजदूतावास लिस्बन, पोर्चुगलका नियोग उप-प्रमुख शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
लिस्बनस्थित एभरेस्ट मम आन्जुसको सभाहलमा आयोजित उक्त अधिवेशनले गिता रेउले अध्यक्ष र सरस्वती गौतम महासचिव रहेको २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नेपाली महिलाहरूको हकहित संरक्षण, सामाजिक एकता र सशक्तीकरणको मूल उद्देश्य बोकेर पोर्चुगलमा सक्रिय सामाजिक संस्था प्रवासमा रहेका नेपाली महिलाहरूलाई एकताबद्ध बनाउँदै आएको छ । सो अधिवेशन मार्फत आगामी कार्यकालका लागि नयाँ र जुझारु नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।
संस्थाकी तत्कालीन अध्यक्ष शान्ति अर्यालको अध्यक्षता, कला पङ्गेनीको संचालन र विन्दु गौतमको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष तथा पाचौं अधिवेशन निर्वाचन समिति संयोजक माया खरेलले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेकी थिइन् ।
कार्यक्रममा पोर्चुगलस्थिति दुई दर्जन भन्दा बढी संघसंस्थाका अध्यक्ष र अग्रजहरुले शुभकामना मन्तव्य दिएका थिए ।
सोही अवसरमा पोर्चुगलमा रहेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै क्रियाशील नेपाली पत्रकारहरूलाई विशेष सम्मान समेत गरिएको थियो ।
अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि गिता रेउलेको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको घोषणा संस्थाकी पूर्व अध्यक्ष एवं पाँचौं अधिवेशन निर्वाचन समिति संयोजक माया खरेलले गरेकी थिइन् । सर्वसम्मत नेतृत्व चयन भएसँगै उपस्थित अग्रजहरूले संस्थाले प्रजातान्त्रिक अभ्यास र एकताको सन्देश दिएको भन्दै प्रशंसा गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी बिन्दु गौतम र कला पङ्गेनीलाई सुम्पिइएको छ । यसैगरी संस्थाको साङ्गठनिक विस्तारलाई प्रभावकारी बनाउन चार जना उपाध्यक्षहरू चयन गरिएको छ, जसमा दीपा लिम्बू, रेनु परियार, अप्सरा बर्तोला र मिरा कार्की रहेका छन् । संस्थाको दैनिक कार्य सञ्चालन र व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी अर्थात् महासचिव पदमा सरस्वती गौतम सर्वसम्मत भएकी छिन् ।
समितिलाई समावेशी र फराकिलो बनाउने क्रममा सचिव पदमा पाँच जनालाई जिम्मेवारी दिइएको छ । जसमा अनिता रिजाल, लक्ष्मी थापा, बिनु केसी, बिनु रोका र शोभा कार्की रहेका छन् । संस्थाको आर्थिक पाटोलाई पारदर्शी र चुस्त राख्नका लागि कोषाध्यक्षमा मन्जु अधिकारी र सह-कोषाध्यक्षमा सबिना मनाङ्थेन चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा दीपा खड्का, अनु गुरुङ, सुजता खत्री, अम्बिका सापकोटा, रितिका कुँवर, देबी लामिछाने, कुशुम गुरुङ, रोहिणी क्षेत्री, पुजा खड्का, निर्मला अर्याल र पुजा घिमिरे रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले पोर्चुगलमा नेपाली महिलाहरूले भोग्नुपरेका समस्या समाधानमा एसोशियसनले खेल्दै आएको भूमिकाको सह्राना गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष रेउले तथा सम्पूर्ण कार्यसमितिलाई उपस्थित अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ :
अध्यक्ष : गिता रेउले
बरिष्ठ उपाध्यक्ष :
बिन्दु गौतम
कला पङ्गेनी
उपाध्यक्ष :
दीपा लिम्बू
रेनु परियार
अप्सरा बर्तोला
मिरा कार्की
महासचिव : सरस्वती गौतम
सचिव
अनिता रिजाल
लक्ष्मी थापा
बिनु केसी
बिनु रोका
शोभा कार्की
कोषाध्यक्ष :
मन्जु अधिकारी
सह-कोषाध्यक्ष :
सबिना मनाङ्थेन
सदस्यहरू :
दीपा खड्का
अनु गुरुङ
सुजता खत्री
अम्बिका सापकोटा
रितिका कुँवर
देबी लामिछाने
कुशुम गुरुङ
रोहिणी क्षेत्री
पुजा खड्का
निर्मला अर्याल
पुजा घिमिरे
FOUNDER/CHIEF EDITOR :